कारोबार


एनसेल सेयर कारोबारको ‘इन्टरप्राइजेज भ्यालु’ ५३ अर्ब ३८ करोड

एनसेल सेयर कारोबारको ‘इन्टरप्राइजेज भ्यालु’ ५३ अर्ब ३८ करोड

नेपालखबर
मंसिर २१, २०८० बिहिबार १०:३०, काठमाडौँ

एनसेलले प्रतिस्पर्धाको माध्ययमबाट आजियटाको सेयर खरिद गरेको दाबी गरेको छ। विज्ञप्ती जारीगर्दै स्पेक्ट्रलाइट युके लिमिटेडका निर्देशक शतिसलाल आचार्यले थुप्रै प्रतिस्पर्धीहरु मध्येबाट पहिलो हुनेलाई छानिएको बताएका हुन्। 

‘आजियटाले रेनोल्डस् होल्डिङ्समा रहेको आफ्नो सेयर विक्रीकोलागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो,’ विज्ञप्तीमा आचार्यले भनेका छन्, ‘स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पर्धीहरु मध्येबाट पहिलो भई छानिएको हो।’

उनले सेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र विक्रेता मार्फत निर्धारण गरिएको दाबी गरेका छन्। 

आचार्यले सहमति भएको सम्झौता ढाँचा अनुसार आजियटाले बेस पेमेन्ट बाहेक ५ वर्ष अर्थात २०२९ सम्म थप लाभहरु नाफा बाँडफाँडको रुपमा प्राप्त गर्ने बताएका छन्। 

‘सेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर (५३ अर्ब ३८ करोड रुपैयाँ) रहेको छ,’ विज्ञप्तिमा भनिएको छ,‘जुन कम्पनीको कार्यसम्पादनको आधारमा विक्रेता कम्पनी (आजियटा)ले निश्चित समयावधिभित्र प्राप्त गर्नेछ।’

आजियटाले कम्पनीको सेयर खरिद विक्री ५० मिलियन डलर अर्थात ६ अर्ब ६७ करोड रुपैयाँमा ८० प्रतिशत सेयर विक्री भएको जानकारी दिएको थियो। हाल इन्टरप्राइज भ्यालुभन्दा निकै कममा सेयर बिक्री भए पनि आजियटाले २०२९ सम्म नाफा लैजाने भएकाले उक्त अवधिमा सो भ्यालुबराबर हुन आउने कम्पनीको भनाइ छ। 

एनसेलले सबै कर दायित्वहरु सम्पूर्ण रुपमा पालना गरेको बताउँदै अहिलेको कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानुन अनुसार पालना गरिने उल्लेख गरेको छ। 

‘हामी आवश्यक सहमतिको लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग छलफल गरिरहेका छौं,’ एनसेलले भनेको छ। 

एनसेलले केही परिवर्तन भैरहेका बेला ग्रहाकलाई प्रदान गर्ने सेवाको गुणस्तरमा कुनै किसिमको बाधा अवरोध नपर्ने जनाएको छ। 

एनसेलले ८० प्रतिशत सेयर स्वामित्व नेपाली मुलका लगानीकर्ताले लिने सम्झौता भएसँगै उपभोक्तालाई उच्च गुणस्तारको सेवा प्रदान गर्दै सरकारको डिजिटल नेपालका लक्ष्य हासिल गर्न प्रतिवद्ध रहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad