ad ad

कारोबार


द्रुत बस सेवा चक्रपथसहितका रुटमा विस्तार गर्छौं : मन्त्री ज्वाला

द्रुत बस सेवा चक्रपथसहितका रुटमा विस्तार गर्छौं : मन्त्री ज्वाला

नेपालखबर
मंसिर १५, २०८० शुक्रबार १४:५४, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले रत्नपार्कदेखि सूर्यविनायकसम्म सञ्चालनमा रहेको द्रुत बस सेवाको शुक्रबार अनुगमन  गरेका छन्।

भक्तपुरको सूर्यविनायकदेखि जडिबुटीसम्म मन्त्री यात्रुसँगै बस चढेर सो सेवाको अनुगमन गरेका हुन्।

संविधान दिवसको अवसर पारेर गत असोज ३ गतेदेखि शुरु भएको उक्त बस सेवामा दैनिक ३६ वटा बस सन्चालनमा छन्। दसैँ तिहारको बीचमा ट्राफिक चाप कम हुँदा बस सेवा बन्द भएको मन्त्रालयले जनाएको छ।

द्रुत बस सेवाले सार्वजनिक यतायात प्रयोग गर्ने यात्रुलाई सहज भएकाले उपत्यकाका थप रुटमा सेवा विस्तार गर्ने मन्त्री ज्वालाले बताए।

‘हाल रत्नपार्कदेखि सूर्यविनायकसम्मको रुटमा सञ्चालन गरेको उक्त बस सेवा आगामी दिनमा चक्रपथ लगायतका रुटमा सञ्चालन गरिने छ,’ मन्त्री ज्वालाले भने।

 हाल यी बसहरु पिक आवर बिहान ९ बजेदेखि ११ र बेलुका ४ देखि ६ बजेसम्म सञ्चालनमा छन्।

 अनुगमन कार्यक्रममा मन्त्रीसँगै भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव कुमार शर्मा तथा यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजाल पुगेका थिए।

मन्त्रालयले राजधानी उपत्यकामा धेरै ट्राफिक जाम र सार्वजनिक यातायातमा सवार व्यक्ति समयमा गन्तब्य पुग्न कठिन भएपछि द्रुत बस सेवा सञ्चालन गरेको जनाएको छ। शुरुमा २५ वटा बसबाट द्रुत सेवा शुरु गरेपनि बस थप्दै लगेको छ।
 
द्रुत बस सेवा सञ्चालनका लागि छुट्टै लेन, बसको कलर नै फरक बनाइएको छ। बस स्टप फरक ठाउँमा राखिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .