ad ad

कारोबार


अन्तर्राष्ट्रिय मुद्रा कोषले भन्यो : ईसीएफ कार्यक्रममा नेपालले प्रगति गर्‍यो

अन्तर्राष्ट्रिय मुद्रा कोषले भन्यो : ईसीएफ कार्यक्रममा नेपालले प्रगति गर्‍यो

नेपालखबर
मंसिर १५, २०८० शुक्रबार १३:१६, काठमाडौँ

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चार वर्षे विस्तारित कर्जा सुविधा (इसीएफ)मा नेपालले राम्रो प्रगति गरेको जनाएको छ। आईएमएफको कार्यकारी बोर्ड बैठकले इसीएफ अन्तर्गतको कार्यक्रम कार्यान्वयनमा नेपालले राम्रो प्रगति गरेको समीक्षा गरेको हो।

नोभेम्बर २९ मा कार्यकारी बोर्डको बैठक बसेको थियो।

उक्त कार्यक्रम अन्तर्गत नेपालले कोरोना महामारी र विश्वभर फैलिएको आर्थिक मन्दीको प्रभावलाई थौरै भए पनि कम गर्न सफल भएको समीक्षा गरिएको छ।  

२०७८ पुस २८ गते इसीएफ अन्तर्गत कोषले नेपाललाई ३९ करोड ८५ लाख डलर दिने निर्णय गरेको थियो। जस अनुसार निकाशा समेत गरेको थियो।

दुई दिनअघि बसेको बैठकले नेपालका प्रभावित समूहहरूको सुरक्षा भएको जनाएको छ।

बैठकले नेपाललाई चार वर्षे विस्तारित कर्जा सुविधा (इसीएफ) अन्तर्गत नै ५२ मिलियन डलर निकासा गर्न स्वीकृति दिएको छ।

आईएमएफका अनुसार नेपालले महामारीपछि आर्थिक गतिविधिमा चलायमान भएको समेत जनाएको छ। आन्तरिक तथा बाह्य अर्थतन्त्रमा सरकारी राजस्व घट्दा खर्चमा केही समस्या पैदा गरे पनि मन्दीको असर घटिरहेको जनाएको छ। तर मूल्यवृद्धि रहँदा यो आर्थिक वर्षमा ३ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने अनुमान आईएमफले गरेको छ।

नेपालले यसबीचमा आर्थिक सुधारका एजेन्डामा महत्वपूर्ण प्रगति गरेको आईएमएफले बताएको छ।

आईएमफले मौद्रिक नीतिमा निर्णायक कारबाही, बैंकिङ नियमन तथा कोभिडमा दिइएका सुविधा फिर्ता मुलुकको भुक्तानी सन्तुलनसम्बन्धी दबाबबाट मुक्तिका लागि महत्वपूर्ण सावित भएको बताएको छ। गत आर्थिक वर्षमा राजस्वमा ठूलो गिरावट आएपनि सरकारले वित्तीय अनुशासन कायमै राखेको बताएको छ।

चालू पुँजी कर्जा निर्देशिका र सम्पत्ति वर्गीकरण नियमावलीले बैंकको सुपरीवेक्षण र नियमनमा सुधार समेत भएको बताएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .