ad ad

कारोबार


नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला मंसिर १४ देखि, पाँच देश सहभागी हुने

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला मंसिर १४ देखि, पाँच देश सहभागी हुने

नेपालखबर
मंसिर १२, २०८० मंगलबार १६:३१, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला,२०२३ आयोजना गर्ने भएको छ।

मंगलवार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी मंसिर १४ देखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्न लागेको जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९को कारण केही वर्ष रोकिएको मेला यो वर्षबाट निरन्तरता दिन लागेको बताए।

उनले मेलाले आन्तरिक उत्पादनलाई विश्व बजारमा लैजान मदत पुग्ने तथा अन्तर्राष्ट्रिय उत्पादनका निर्यातकर्ता र आयातकर्ताहरुको एकै ठाउँमा भेट हुने माध्यम बन्ने बताए।

मेलाबाट नेपाली उत्पादन र विदेशी उत्पादनको सहज रुपमा अवलोकन गर्न सकिने दाबी गरे। उनले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाले पछिल्लो समय सुस्त हुँदै गएको आर्थिक गतिविधिलाई चलायमान बनाउन मद्दत पुग्ने अपेक्षा रहेको बताए।

उनले अन्तर्राष्ट्रिय व्यापार मेलाले जिल्ला तहमा वृद्धि हुँदै गएका  व्यापार मेलाहरुलाई पनि मद्दत पुग्ने बताए। उनले मेलामा चीनबाट ५५,भारतबाट ३०, बंगलादेश र पाकिस्तानबाट ८/८ वटा स्टलहरु रहने बताए।

उनले मेलामा २१० वटा स्टलहरु मार्फत मेलामा स्वदेशी र विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने बताए।

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने एक माध्यम बन्दै आएको महासंघको भनाई छ। मेलामा नेपालको औद्योगिक व्यवसायीक सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विश्वास महासंघले लिएको छ।

मेलामा चीनको गान्छु प्रदेशबाट १२ जना व्यापारीक प्रतिनिधिमण्डल र नेपाली व्यापारीक प्रतिनिधिमण्डलबीच कृषि, जडिबुटी, औषधि, हस्तकलाका वस्तुहरुको विषयमा छलफल समेत हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .