ad ad

कारोबार


जुम्ला विमानस्थल धावनमार्ग विस्तारका लागि १८३ रोपनी जग्गा अधिग्रहण गर्ने तयारी

जुम्ला विमानस्थल धावनमार्ग विस्तारका लागि १८३ रोपनी जग्गा अधिग्रहण गर्ने तयारी

नेपालखबर
मंसिर १०, २०८० आइतबार १५:१८, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणले जुम्ला विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउने कार्यका लागि १८३.८० रोपनी जग्गा अधिग्रहण गर्ने प्रक्रिया सुरु गरेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत जुम्ला नागरिक उड्डयन कार्यालयले जग्गा प्राप्ति सम्बन्धी प्रारम्भिक चरणको सार्वजनिक सूचना प्रकाशित गरी सरोकारवालालाई जानकारी दिएको छ।

जग्गा अधिग्रहण कार्यका लागि जुम्ला विमानस्थल कार्यालय प्रमुख सन्तोष अधिकारीलाई ‘अधिकार प्राप्त प्रारम्भिक कारबाही चलाउने अधिकारी’ तोकिएको सूचनामा उल्लेख छ।

सूचनामा भनिएको छ,
‘जग्गा प्राप्ति ऐन, २०३४ को दफा ४ (१) को खण्ड (ख) बमोजिम यस जुम्ला विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउने कार्यको लागि विमानस्थलको उत्तर र पूर्वतर्फ करिब १८३.८० रोपनी जग्गा अधिकरण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्कीकृति प्रदान गर्ने भनि नेपाल सरकार मन्त्रिपरिषदको मिति २०८०/०२/०२मा निर्णय भएको ब्यहोरा उल्लेख गर्दै उक्त निर्णय कार्यान्वयनको लागि श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प.स ०७९/८० च न १३१७ मिति २०८०/०२/१० को पत्रमार्फत लेखिएको हुदा श्री नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालयको मिति २०८०/०२/२३ को पत्र अनुसार जग्गा प्राप्ति ऐन २०३४ को दफा ५ (२) बमोजिम जुम्ला नागरिक उड्डयन कार्यालयका प्रमुखलाई प्रारम्भिक अधिकारी तोकी प्रारम्भिक कारबाही चलाउने र प्रारम्भिक अधिकारीले सम्बन्धित सरोकारवाला व्यक्तिको जानकारीको निमिक्त सोही ऐनको दफा ६ मा सूचना टाँस गर्नुपर्ने व्यवस्था भए अनुसार सोही ऐन बमोजिन सबैको जानकारीको लागि यो प्रारम्भिक सार्वजनिक सूचना प्रकाशित गरिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .