ad ad

कारोबार


बीवाईडीले नेपाल सुपर लिग–२ मा ललितपुर सिटीसँग सहकार्य गर्ने

बीवाईडीले नेपाल सुपर लिग–२ मा ललितपुर सिटीसँग सहकार्य गर्ने

नेपालखबर
मंसिर ८, २०८० शुक्रबार १७:०, काठमाडौँ

चिनियाँ अटो कम्पनी बीवाईडीको नेपालका लागि अधिकृत वितरक साइमेक्स इन्क प्रालिले नेपाल सुपर लिगको सिजन–२ का लागि ललितपुर सिटी फुटबल क्लबसँग सहकार्य गर्ने भएको छ। मोबिलिटी पार्टनरको रुपमा बीवाईडीले पुनः सहकार्यको सम्झौता गरेको हो। 

सन् २०२१ को सुपर लिगको पहिलो सिजनमा पनि सोही क्लबसँ बीवाईडीले सहकार्य गरेको थियो। त्यसबेला ललितपुर सिटीले तेस्रो स्थान हात पारेको थियो।

यो साझेदारीले प्रविधि र दिगो विकासको साझा प्रतिवद्धतालाई जोडेको कम्पनीले बताएको छ। 

आजबाट सुरु हुन लागेको सुपर लिगका टिममध्ये ललितपुर सिटी फुटबल क्लबसँगको सहकार्यले दिगो विकास र सामाजिक विविधिताको क्षेत्रमा थप सम्भावना पहिल्याउने लक्ष्य राखेको छ। 

क्लबको जसीर्मा देखिने वीवाईडीको लोगोले सवारी साधनमा नयाँ प्रविधिको विकास र खेलकुदबीचको सहकार्य दर्साउने बताइएको छ। 

साइमेक्स इन्क प्रालिका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले यो साझेदारीपछि आफूहरू उत्साहित भएको बताए। ‘यो हाम्रो सहयात्राले खेलको मैदानदेखि बाहिरसम्म, खेल र दिगो विकासको सम्बन्धमा अझै प्रकाश पर्ने र सवारीसाधनमा आएका नयाँ प्रविधिको विकासले समुदायमा परेको सकारात्मक प्रभावहरुलाई स्पष्ट संग देखाउने छ भन्नेमा हामि ढुक्क छौं,’ उनले भने। 

त्यस्तै, क्लबका प्रबन्ध निर्देशक आलोक जंग जोशी बीवाईडीसँगको सहकार्यले विविध सम्भावना सहितको भविष्य निर्माणमा सहयोगी हुने बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .