तिहारपछि खुलेको बजार दोहोरो अंकले बढेको छ।
सोमबार कारोबार सुरु भएको पहिलो एक घण्टा (१२ बजे) सम्म बजार १६.७९ अंकले बढेर १८६८.८७ विन्दुमा पुगेको हो।
सोही अवधिमा ३५ करोडको कारोबार भएको छ। १५९ कम्पनीको सेयरमूल्य बढ्दा ६४ कम्पनीको घटेको छ।
पछिल्लो समय निरन्तर ओरालो लागेको बजार विस्तारै लयमा फर्कने देखिएको छ। सेयर धितो कर्जा बढ्न थालेका कारण बजार लयमा जान थालेको आँकलन समेत गरिन थालिएको छ।
कर्णाली डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। त्यसैगरी, हिमालयन डिस्टीलरीको सर्वाधिक ३ करोड ६ लाखको कारोबार भएको छ।
मंसिर ४, २०८०, साेमबार
42
Shares
प्रतिक्रिया