ad ad

कारोबार


दसैँ तिहारमा घरजग्गा कारोबारबाट सवा २ अर्ब राजस्व

दसैँ तिहारमा घरजग्गा कारोबारबाट सवा २ अर्ब राजस्व

नेपालखबर
मंसिर ३, २०८० आइतबार १४:९, काठमाडौँ

दसैँ तिहारकोबीचमा घरजग्गा कारोबारबाट २ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन भएको छ। कात्तिक महिनामा दसैँ र तिहारका कारण करिब आधा महिना मात्रै कारोबार हुँदा सवा २ अर्ब बढीको राजस्व संकलन गरेको हो।  

२०७९ कात्तिकमा ३ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो। कात्तिक महिनामा १६ दिनमात्रै कारोबार हुँदा अघिल्लो वर्षको तुलनामा थोरै कारोबार भएको छ।

भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार कुल कारोबार ७७ हजार १८७ भएकोमा २६ हजार ६४ लिखित पारित भएका छन्। गत वर्ष कात्तिकमा ७६ हजार ५६२ वटा कुल कारोबार भएकोमा २७ हजार ९३९ वटा लिखित पारित भएका छन्।

भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा कार्यालयले साढे ६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। झापाको भद्रपुरबाट ३ करोड ६९ लाख र दमकमा २ करोड २ लाख रुपैयाँ रहेको छ। जकपुरधाम कार्यालयबाट ४ करोड ३४ लाख संकलन भएको छ।

काठमाडौं उपत्यकामा लगनखेल कार्यालयबाट १८ करोड ९४ लाख, डिल्लिबजार १८ करोड १५ लाख, भक्तपुर १४ करोड, चाबहिल १३ करोड १८ लाख, कलंकी १२ करोड ४४ लाख रुपैयाँ रहेको छ।

पछिल्लो समय घरजग्गा कारोबार बढ्न थालेसँगै व्यवसायीहरूले रियल स्टेट एक्स्पो गर्न थालेका छन्। आगामी पुस १२ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा एक्स्पो हुँदै छ।

समग्र अर्थतन्त्रलाई चलायमान बनाउन एक्स्पोले सहयोग पुग्ने व्यवसायीको दाबी छ।  सरकारले भू उपयोग नियमावली संशोधन गर्दा कडाई गरेको कित्ताकाट खुकुलो बनाएसँगै कारोबार बढ्दै जाने बताएका छन्।

लामो समय नयाँ प्रोजेक्ट नल्याएका व्यवसायी कारोबार बढ्दा हाउजिङ र अपार्टमेन्टका आयोजनामा तयारी गरिरहेको व्यवसायीले बताएका छन्।

घर जग्गा व्यवसायी मिनमान श्रेष्ठले व्यवसायी नयाँ प्रोडक्टका योजनासहित आउन लागेको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .