ad ad

कारोबार


काठमाडौंको भिन्तुना र्‍यालीमा दराजको झण्डा भेट्टाउने प्रतियोगिता

काठमाडौंको भिन्तुना र्‍यालीमा दराजको झण्डा भेट्टाउने प्रतियोगिता

नेपालखबर
कात्तिक ३०, २०८० बिहिबार १७:४६, काठमाडौँ

ई–कमर्स ब्राण्ड दराजले नेपाल संवत्को शुभ अवसरमा काठमाडौं उपत्यकामा आयोजित र्‍यालीमा धुमधाम संग सहभागिता जनाएको छ।

उत्त र्‍यालीको प्रयोजक रहेको दराजको उपस्थितिले कार्यक्रममा रौनक थपेको आयोजकको दाबी छ। कार्यक्रममा प्रयोग भएका गाडीदेखि लिएर मोटरसाइकल चालकहरूले बोकेको झण्डासम्ममा दराजको लोगो र नाम देखिएको थियो। 

दराजका पदाधिकारीहरूले पनि सहभागिता जनाएका उत्त र्‍यालीमा विभिन्न कलाकार, अभियन्ता, तथा नेताहरुको उपस्थिति देख्न सकिन्थ्यो। 

र्‍यालीमा उपस्थित दराजका साझेदारी प्रबन्धक, अमुल वैद्य भन्छन्, ‘हरेक वर्ष मानाइने न्यूँदया भिन्तुना नेवा समुदायको मात्र नभएर समग्र राष्ट्रको संस्कृति हो। यस्तो राष्ट्रिय संस्कृति संग जोडिन पाउँदा हामी एकदमै खुसी छौं र आगामी वर्षहरुमा पनि यस्तै सहकार्य गर्ने अपेक्षा राखेका छौं। दराजको ११.११ सेल चलिरहेको समयमा, यो र्यालीमा हाम्रो सहभागिताले हाम्रो संस्कृतिलाई पनि योग्दान हुने र हाम्रो सेललाई तथ प्रभावकारी बनाउने हाम्रो विश्वास छ।’

यो र्‍यालीको लागि दराज नेपालले सामाजिक सञ्जालमा एउटा पोष्ट राख्दै ‘स्पट द फ्ल्याग’ नामक प्रतियोगिताको घोषणा गरेको थियो।

जहाँ र्‍यालीमा प्रयोग भएको दराजको झण्डाको फोटो खिचेर कमेन्ट गर्ने केहि भाग्यशाली विजेताहरुले ५०० सम्मको डिस्काउण्ट भाउचर पाउनेछन्। यो प्रतियोगिताको विजेता धोषणा  मंसिर १ गते शुक्रबार हुनेछ। 

कार्तिक २५ गते देखि चलेको दराज ११.११ सेल मंसिर ६ गते सम्म चल्ने छ, जहाँ ग्राहकमहानुभावहरुले रासन, घरेलु उपकरण, इलेक्ट्रोनिक्स, फेसन, र मनेरञ्जन जस्ता विभिन्न विधाका दश लाख भन्दा धेरै प्रोडक्टहरुमा ७ करोड सम्मको छुट पाउने कम्पनीले बताएको छ। 

यो सेलमा मेगा भाउचरमा रु १०,००० सम्मको छुट, मेगा डिलस्मा ८० प्रतिशतसम्मको छुट, साथै मेगा गिभअवे अन्तर्गत ११ भाग्यशाली विजेताहरूले सिजि ब्राण्डको वाशिङ्ग मशिन जित्ने मौका पनि समावेश छ।

साथै, बैंकको डेबिट कार्ड प्रयोग गरेर  अग्रिम भुक्तानी गर्ने ग्राहकहरूले  १५५ अधिकतम रु २००० सम्म छुट पाउनेछन् भने क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २०५ अधिकतम रु २५०० को छुट प्राप्त गर्नेछन्। 

नेपालका प्रख्यात बैंकहरूले पनि दराजको ११ः११ सेलमा साझेदारी गरेका छन्। नबिल बैंक, सानिमा बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, नेपाल एसबिआई बैंक, ज्योति विकास बैंक, कृषि विकास बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक,  सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, र ग्लोबल आईएमई बैंकहरू यो वर्षको ११ः११ सेल संग आवद्ध भएका छन्।

सन् २०१२ मा स्थापना भएको दराज दक्षिण एशियाकै उत्कृष्ट अन्लाइन सपिङ्ग प्लेटफर्ममध्ये मानिन्छ। हाल दराजका सेवाहरू नेपाल, बंलादेश, म्यानमार, पाकिस्तान र श्रीलंका गरी ५ देशमा उपलब्ध छ।

३०,००० बिक्रेता र करीब ५०,००,००० ग्राहकहरुलाई जोड्दै दराजले अहिले २५,००,००० उत्पादनहरू बिक्री गर्ने गरेको छ। फेसन, खेलकुद, सौन्दर्य, देखि घरायसी सामान सम्मका उत्पादनहरु दराजले बिक्री गर्दै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .