ad ad

कारोबार


सरकारले डिजेल-पेट्रोलबाट प्रतिलिटर ५ रुपैयाँ बूढीगण्डकी आयोजनालाई दिने

सरकारले डिजेल-पेट्रोलबाट प्रतिलिटर ५ रुपैयाँ बूढीगण्डकी आयोजनालाई दिने

नेपालखबर
कात्तिक २३, २०८० बिहिबार १४:२२, काठमाडौँ

सरकारले इन्धनमा लगाइरहेको पूर्वाधार शुल्कमध्ये प्रतिलिटर ५ रुपैयाँ बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि उपलब्ध गराउने भएको छ। 

आज बसेको मन्त्रिपरिषद् बैठकले डिजेल–पेट्रोलबाट उठ्ने पूर्वाधार शुल्कबाट प्रतिलिटर ५ रुपैयाँ बूढीगण्डकी जलविद्युत् आयोजनालाई उपलब्ध गराउने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ, ‘इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ प्रतिलिटर बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि उपलब्ध गराउने व्यवस्था गर्ने।’

सञ्चारमन्त्री रेखा शर्माले सरकारको निर्णयले बूढीगण्डकी जलविद्युत् आयोजना तदरुकताका साथ अघि बढ्ने विश्वास व्यक्त गरिन्। 

सरकारले बूढीगण्डकी अयोजनालाई कम्पनी मोडलमा निर्माण गर्ने निर्णय गरिसकेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले अयोजना स्थलमा कार्यलय स्थापनाको सिलन्यास समेत गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .