ad ad

कारोबार


काठमाडौं विश्वविद्यालयले २८ स्टार्टअपमा १ करोड ४० लाख लगानी गर्ने

काठमाडौं विश्वविद्यालयले २८ स्टार्टअपमा १ करोड ४० लाख लगानी गर्ने

फाइल तस्बिर


नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १७:४५, काठमाडौँ

काठमाडौं विश्वविद्यालयले नवीनतम सोच भएका परियोजनाको लागि १ करोड ४० रुपैयाँ लगानी गर्ने भएको छ।

 केयुले स्थापना गरेको इन्कुबेसन सेन्टर र नर्वे सरकार सहयोगको इनरजाइज नेपाल कार्यक्रमले नवीनतम सोचसहितको विभिन्न व्यवसायको प्रर्वद्धनका लागि लगानी गर्ने भएको हो।

नवीनतम सोचदेखि व्यापारसम्म सहायता कार्यक्रमअन्तर्गत इनरजाइज नेपाले विनियोजित ४० लाख रुपैयाँमा ऊर्जासँग सम्बन्धित नवीनतम् सोचलाई (इनोभेटिभ आईडिया) मात्र व्यापारमा परिणत गर्न उपलब्ध गराउने छ। लगानीका लागि नेपाली नागरिकले आवेदन दिन सक्ने छन्। 

ऊर्जा लगायत अन्य क्षेत्रमा भएका सोचलाई व्यापारमा परिणत गर्न १ करोड उपलब्ध गराइने केयुले जनाएको छ।

यसअन्तर्गत आवेदकहरु केयुसँग आवद्ध विद्यार्थी, कर्मचारी, विभागीय कर्मचारी लगायतले मात्रै आवेदन दिन पाउनेछन्। 

केयुका अनुसार, प्रत्येक नवीनतम सोचलाई ५ लाख गरी २८ वटाले परियोजनाबाट सहायता पाउनेछन्।

कार्यक्रमका लागि विश्वविद्यालय अनुदान आयोगले एक करोड र इनरजाइल नेपालले केयुलाई ४० लाख रुपैयाँ  उपलब्ध गराएको हो।

 नोभेम्बर ७ देखि ३१ डिसेम्बरसम्म लगानीकोलागि आवेदन दिन सकिन्छ।

निवेदन दिएपछि दुई हप्ताभित्रै लगानीयोग्य परियोजनालाई लगानी गर्ने व्यवस्था गरिएको  इनरजाइज नेपालका आयोजना प्रबन्धक डा. विजय थापाले जानकारी दिए। 

प्रस्तावित परियोजना लगानीयोग्य नभएमा उनीहरुलाई प्राविधिक सहयोग भने उपलब्ध गराइने थापाले जानकारी दिए। केयुले प्रस्ताव आएपछिको मूल्यांकन गरी निर्णयका लागि तीन सदस्यीय समिति समेत गठन गरेको छ।

केयु अन्तर्गत इकुबेसन सेन्टरले १०, इनरजाइज नेपालले ८ र नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरले १० वटा विभिन्न नवीनतम आइडियालाई लगानी गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .