कारोबार


कर्मचारीलाई उच्च लक्ष्य दिँदा समस्यामा लघुवित्त : अध्ययन प्रतिवेदन

कर्मचारीलाई उच्च लक्ष्य दिँदा समस्यामा लघुवित्त : अध्ययन प्रतिवेदन

फाइल तस्बिर


नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १७:४१, काठमाडौँ

कर्मचारीहरूलाई दिएको उच्च लक्ष्य र विद्यमान प्रतिप्रर्धाका कारण लघुवित्त संस्थामा समस्या देखा परेको पाइएको छ। 

लघुवित्त वित्तीय संस्थाहरुका समस्या र समाधान अध्ययन प्रतिवेदनमा लघुवित्त संस्थाका कर्मचारीलाई दिएको उच्च लक्ष्य र विद्यमान प्रतिप्रर्धाका कारण लघुवित्त संस्थामा समस्या देखिएको हो। 

कोभिड–१९ पश्चात् वित्तीय प्रणालीमा लामो समय अधिक तरलताका कारण सस्तो ब्याजदरमा वित्तीय स्रोतको उपलब्धता रहेको, नाफामुखी व्यवहार र कर्मचारीलाई लक्ष्य जस्ता कारणहरूले उच्च कर्जा बिस्तारसँगै कर्जा अनुशासनमा क्षय भएको प्रतिवेदनमा उल्लेख छ। 

लघुवित्त वित्तीय संस्थाहरूले कर्जा प्रवाह गर्दा ऋणीको परियोजना, आय क्षमता, ऋणीको विगत, ऋणीको नगद प्रवाहको पर्याप्त विश्लेषण नहुँदा लघुवित्त संस्थाहरुमा समस्या देखिएको पाइएको छ। 

संस्थाले दिएको लक्ष्यलाई पुरा गर्नका लागि कर्जाको प्रभावकारी विश्लेषण विना नै प्रवाह गर्ने अभ्यास देखिएको छ। 

लघुवित्त वित्तीय संस्थाको कर्जा विभागमा काम गर्ने कर्मचारीहरू अनुभवी नहुनु, पर्याप्त तालिमको व्यवस्था नहुनु, शाखा प्रमुखलाई पूर्ण अख्तियारी दिइनु र परियोजना नहेरी फिल्ड कर्मचारीले गरेको रिपोर्टिङको आधारमा कर्जा स्वीकृत गर्नु लगायत समस्या देखिएका छन्।

यस्ता किसिमका समस्याका कारण लघुवित्त संस्थामा समस्या बढेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad