कारोबार


भूकम्प प्रभावित क्षेत्रका घाइते र कुरुवालाई हवाई भाडा नलाग्ने

भूकम्प प्रभावित क्षेत्रका घाइते र कुरुवालाई हवाई भाडा नलाग्ने

नेपालखबर
कात्तिक १९, २०८० आइतबार २१:२०, काठमाडौँ

नेपाल वायुसेवा निगमले भूकम्प प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते र उनीहरुका कुरुवाको हवाई भाडा नलिने निर्णय गरेको छ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भूकम्प प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते र तिनका कुरुवाको हवाई भाडा निगमको सामाजिक उत्तरदायित्वअन्तर्गत बेहोर्ने निर्णय गरेको छ।

सरकारसँगको समन्वयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट प्राप्त हुने राहत सामग्रीसमेत विमानको क्षमता र स्थान उपलब्धताका आधारमा निःशुल्क ढुवानी गरिनेछ।

निगमले शनिबार भूकम्प प्रभावित क्षेत्रबाट घाइतेहरूलाई नेपालगञ्ज र काठमाडौँसम्म उद्धार गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad