ad ad

समाज


भूकम्पले जुम्लामा पनि क्षति

भूकम्पले जुम्लामा पनि क्षति

भूकम्पले जाजरकोटमा भत्काएको घर। तस्बिर : रासस


रासस
कात्तिक १८, २०८० शनिबार १७:३५, जुम्ला

पश्चिम नेपालको जाजरकोट केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पको धक्काले जुम्लामा समेत क्षति गरेको छ।

यहाँको तातोपानी गाउँपालिका–४ निवासी हरिबहादुर खत्री र चन्दननाथ नगरपालिका–९ का स्थानीय विष्णु महतको घरमा क्षति गरेको छ। 

भूकम्पबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए।

सुतेकै कोठाको पर्खाल भत्किएपछि निद्रामै घर बाहिर निस्किएर मानवीय क्षति हुनबाट बचेको स्थानीय प्रेम खत्रीले जानकारी दिए। उनका अनुसार घरको पर्खाल भत्किनाका साथै केही भाग चर्किएको छ। 

भौतिक क्षति भए पनि मानवीय क्षति भएको छैन। जोखिमका हिसाबले घरमा बस्न सक्ने अवस्था नरहेको स्थानीय खत्रीको भनाइ छ। 

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जुम्लामा भूकम्पले गरेको क्षतिबारे कुनै सूचना नआएको जानकारी दिए।

भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको गरेको छ।

गएराति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ।

जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जना गरी अहिलेसम्म १५७ जनाको मृत्यु भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .