ad ad

कारोबार


पालुङमा विद्युत् महसुल नतिर्ने २८ ग्राहकको लाइन काटियो

पालुङमा विद्युत् महसुल नतिर्ने २८ ग्राहकको लाइन काटियो

नेपालखबर
कात्तिक १४, २०८० मंगलबार १४:२१, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणले मकवानपुरको पालुङ वितरण केन्द्र अन्तर्गतका २८ ग्राहकको विजुलीको लाइन काटेको छ। 

प्राधिकरणको पालुङ वितरण केन्द्रले सोमबार एकैदिन महशुल नतिर्ने २८ जना ग्राहकको विजुलीको लाइन काटेको हो। 

ंलामो समयदेखि वक्यौता रकम नतिर्ने ग्राहकको लाइन काट्न सुरु गरेकै दिन सोमबार पालुङ वितरण केन्द्र अन्ततर्गतका औधोगिक व्यावसायिक तथा घरेलु गरि २८ ग्राहकको लाइन काटिएको प्राधिकरण पालुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले जानकारी दिए।    

उपभोक्ताले रकम नतिर्ने क्रम बढ्दै गएपछि पालुङ वितरण केन्द्रले लाइन काट्ने अभियान सुरु गरेको हो। 

१५ हजार ग्राहक रहेको पालुङ वितरण केन्द्रमा विद्युत महशुल बापत २ करोड १० लाख ९३ हजार १ सय ६३ रुपैयाँ उठ्न बाँकी छ।  

प्राधिकरणले पालुङ वितरण केन्द्रसहित बज्रबाराही, मार्खु, फाखेल, सिस्नेरी लगाएतका फ्यूज सेवालाई परिचालन गरेर एकै पटक सबैतिर वक्यौता नतिर्ने ग्राहकको लाइन काटेको हो।

सोमबार लाइन काटिएका २८ मध्ये १३ ग्राहकले ५ लाख ७५ हजार महशुल भुक्तानी गरि पुनः लाइन जोडेका वितरण केन्द्रका लेखा प्रमुख सुमन शिवाकोटीले बताए। 
 
बक्यौता नतिर्ने ग्राहकको लाइन काट्ने अभियानलाई निरन्तर संचालन गरिने पालुङ प्राधिकरणले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .