ad ad

कारोबार


एक वर्षका लागि डिशहोम फाइबर नेट जोड्दा दुई वर्ष सेवा अफरको अवधि थपियो

एक वर्षका लागि डिशहोम फाइबर नेट जोड्दा दुई वर्ष सेवा अफरको अवधि थपियो

नेपालखबर
कात्तिक १३, २०८० सोमबार १२:३८, काठमाडौँ

बडादसैँको अवसर पारेर डिशहोम फाइबर नेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्ष सेवा लिन पाउने अफर ल्याएको थियो। उक्त अफर घटस्थापनाको शुभअवसर पारेर डिशहोम फाइबरनेटले आफ्ना ग्राहकहरुका लागि ल्याएको थियो। अफरअन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएस देखि ३ सय एमबीपीएससम्मका प्याकेजहरु जडान गर्न सक्नेथिए।

जसमा ग्राहकले ५० एमबीपीएसदेखि २ सय ५० एमबीपीएससम्म फाईभ–जी राउटर पाउनेछन् भने ३ सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई–६ राउटर पाउने थिए।

उक्त अफरका ग्राहकहरुबाट अत्यधिक प्रतिक्रिया आएको हुनाले कम्पनीले १ वर्षको नयाँ कनेक्सन वा रिचार्ज गर्दा १२ महिना बोनस पाउने डिशहोम फाइबरनेटको‘फेस्टिभ १२ महिने प्याकेज’ अफरलाई छठ पर्वको दिन सम्म अर्थात मङ्सिर ३ गते सम्मका लागि थप गरेको जनाएको छ।

थप जानकारीको लागि आफू नजिकैको डिएच फाइबरनेट डिलर दाइ वा आज नै ०१–५९७०३६५ मा सिधै फोन गर्न सक्ने डिशहोम फाइबर नेटले जनाएको छ। चाडपर्वमा थप उत्साह ल्याउने ‘फेस्टिभ २४ मन्थ प्याकेज’ अफरको फाइदा लिन डिएच फाइबर नेटको नयाँ कनेक्सन जोड्न कम्पनीले अपिल गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .