आरवीवी मर्चेन्ट बैंकिङ्ग लिमिटेडको ५ औं वार्षिकोत्सव समारोह बुधबार सम्पन्न भएको छ। समारोहमा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी तथा नेपाल स्टक एक्स्चेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद विशिष्ठ अतिथि थिए।
कार्यक्रममा धितोपत्र बोर्डका कार्यकारी निर्देशक गिरीले मर्चेन्ट बैंकरहरुलाई इंगित गर्दै लगानीका नयाँ आयामहरुको अध्ययन अनुसन्धान गरिनुपर्ने तथा नियामक निकायहरुलाई सो सम्बन्धी कार्यविधि तयार बनाउन समेत पहल गर्नुपर्ने बताए।
समारोहमा नेपाल स्टक एक्स्चेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले धितोपत्र कारोबार सहज र सरल रुपमा गर्नको लागि अनलाइन प्रणाली लागु भैसकेको तथा बजारमा सुचिकृत बैंक तथा वित्तीय संस्था साथै अन्य कम्पनीहरुको बारेमा विश्लेषण गर्नको लागि छुट्टै डाटावेस तयार भैरहेको कुरा जानकारी गराए।
मर्चेन्टका प्रमुख कार्यकारी बद्री प्रसाद प्याकुरेलले मर्चेन्टको वर्तमान स्थिति, संस्थाले नेपाल पुनर्बीमा कम्पनी लि.ले निष्कासन गर्न लागेको १ अर्ब ६० करोड रुपैँया बराबरको प्राथमिक सेयर सर्वसाधारण समुहलाई निष्कासन गर्नको लागि आरविवि मर्चेन्ट बैंकिङ्ग लि. सँग सम्झौता भएबमोजिम उत्त निष्कासनको अन्तिम चरणको काम भइरहेको साथै विभिन्न कम्पनीहरुसँग समन्वय गर्दै विभिन्न सम्झौता समेत भइरहेको जानकारी दिए।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक लि.का प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले कम्पनीको ५औं वार्षिकोत्स समारोह मनाउने अवसरमा यस संस्थालाई एउटा हुर्कीरहेको बच्चाको संज्ञा दिँदै अबको दिनमा यस संस्थाले धितोपत्र बाजारको चुनौतीहरुलाई आत्मसाथ गरि आफूलाई पनि रा.बा.बैंक लि. जसरी नै स्थापित हुनको लागि प्रोत्साहन दिए।
कार्यक्रममा रा.बा बैंक लि.का नायव प्रमुख कार्यकारी अधिकृतद्धय कबिराज अधिकारीे र केशवप्रसाद लम्साल, उपकार्यकारी अधिकृतहरु टेकराज जोशी र महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देवेन्द्र रमण खनाल, कम्पनी सचीव भोलानाथ पौडेल, क्षेत्रीय प्रमुख सोनी श्रेष्ठ, आन्तरिक लेखा परिक्षण प्रमुख संजय कुमार श्रेष्ठ, शाखा प्रबन्धक युवराज घिमिरे लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो।
Shares

प्रतिक्रिया