ad ad

कारोबार


भारतले नेपालसहितका ७ देशमा १० लाख टन गैरबासमती चामल निर्यात गर्ने

भारतले नेपालसहितका ७ देशमा १० लाख टन गैरबासमती चामल निर्यात गर्ने

नेपालखबर
कात्तिक ५, २०८० आइतबार १७:१०, काठमाडौँ

भारत सरकारले नेपाल, क्यामरुन, कोटे डि आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेशेल्समा १० लाख टनभन्दा बढी गैर बासमती चामल निर्यात गर्न अनुमति दिएको छ।

वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गत पर्ने वैदेशिक व्यापार महानिर्देशनालयले राष्ट्रिय सहकारी निकासी लिमिटेडमार्फत निकासी गर्न अनुमति दिएको हो।

गैरबासमती सेतो चामलको निर्यात नेपाल, क्यामरुन, कोटे डि आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेशेल्समामा मात्रै निर्यात हुनेछ।

नेपालका लागि ९५ हजार टन, क्यामरुनका लागि १ लाख ९० हजार टन, मलेसियाका लागि १ लाख ७० हजार टन, फिलिपिन्सका लागि २ लाख ९५ हजार टन, कोट डी आइभोर र गिनीका लागि १ लाख ४२ हजार टन, सेलेसलाई ८ सय टन पठाइएको छ।

भारत सरकारले जुलाईमा घरेलु आपूर्ति बढाउन गैरबासमती सेतो चामलको निर्यातमा प्रतिवन्ध लगाएको थियो। तर खाद्य सुरक्षा आवश्यकता पूरा गर्न सरकारले केही देशहरुलाई दिएको अनुमतिका आधारमा निर्यात गर्न दिइन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .