कारोबार


एभरेष्ट बैंकद्वारा कोपिला भ्याली सेवा समाजलाई पाँच लाख सहयोग

एभरेष्ट बैंकद्वारा कोपिला भ्याली सेवा समाजलाई पाँच लाख सहयोग

नेपालखबर
कात्तिक १, २०८० बुधबार २१:१२, काठमाडौँ

एभरेष्ट बैंक लिमिटेडले आफ्नो २९ औं वार्षिकोत्सव मनाएको छ। सो अवसरमा बैंकले प्रधान कार्यालयमा २५ वर्ष भन्दा बढी सेवा गर्ने कर्मचारीहरुलाई सम्मान तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ।

बैंकका २०० भन्दा बढी कर्मचारीहरुकाबीच सम्पन्न उक्त कार्यक्रममा बैंकले सेवा अवधिको २५ वर्ष पूरा गरेका २८ जना कर्मचारीहरूलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले विषेश सम्मान गरेका छन्।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री कोपिला भ्याली सेवा समाज सुर्खेतलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बैंकका नायब महाप्रबन्धक केशवप्रसाद पौडेलले श्री कोपिला भ्याली सेवा समाज सुर्खेतको तर्फबाट ब्लिङ्कनाव फाउन्डेशनका राष्ट्रिय प्रतिनिधि डा. एसपी कलौनीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे।

सो कार्यक्रममा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती र बजार अधिकृत एलिना कार्की तथा बिल्ङक नाउ फाउण्डेसनका तर्फबाट साझेदारी प्रबन्धक अस्रिना रंजितको समेत उपस्थिति रहेको थियो।

बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६२ एटीएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad