कारोबार


अनलाइन सामान बिक्रीको नाममा ठगी गर्ने ८ जना पक्राउ, ६८ लाख बरामद

अनलाइन सामान बिक्रीको नाममा ठगी गर्ने ८ जना पक्राउ, ६८ लाख बरामद

नेपालखबर
माघ १५, २०७६ बुधबार ८:३८,

फेसबुकमा पेज खोलेर अनलाइनबाटै सस्तोमा सामान बिक्रीको नाममा ठगी गर्दै आएका आठ जनालाई माेरङ प्रहरीले पक्राउ गरेको छ। ठगीमा संलग्न आठ जनालाई प्रहरीले पूर्वी जिल्लाहरुबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मोरङका निरन्जन प्रसाद आचार्य, खोटाङका शिवजी खड्का, देवी चौलागाई, सुनसरीकी भावना राई, सरिता परियार, वर्षा कार्की, सानु गौतम, लक्ष्मी कार्की रहेका छन्।

उनीहरुको साथबाट प्रहरीले ६७ लाख ९९ हजार ७ सय ५० रुपैयाँ नगद, ३२ वटा नेपाली र ५ वटा भारतीय एटीएम, ५८ वटा चेकबुक, १५ वटा खाली चेकबुक, निरञ्जन प्रसाद आचार्यको नाममा सक्कली नागरिकता, उनकै नामको भारतीय आधारकार्ड, आयकर विभागबाट पाएको एएक्सएनपीए२०८७आर लेखिएको कार्ड, भारतीइ सवारी लाइसेन्स, विराटनगर भन्सार कार्यालयको सवारीसाधनको अस्थायी पैठारी अनुमति पत्र ४० थान, प्रज्ञापन पत्र काटिएको रसिद ६० थान, खाली भन्सार प्रज्ञापन रसिद प्याड १ जना, नेपाली र भारतीय सिमकार्ड, नाम र फोटो परिवर्तन गरिएको नागरिकताको ३७ थान फोटोकपी समेत बरामद भएको प्रहरीले जनाएको छ।

Image may contain: 1 person

उनीहरुले विभिन्न प्रकारका विद्युतीय सामानहरु, स्मार्टफोनहरु सस्तो मूल्यमा बिक्रीका लागि राखिएको भनी भ्रममा पारेर ह्वाट्सएपबाट म्यासेज गरी सामानको निश्चित मूल्यमा खरिदबिक्री गर्ने सहमति गर्ने गरेका थिए। त्यसपछि सामान पाउन नक्कली कागजातले खोलिएको बैंक खातामा रकम जम्मा गर्न लगाई सामान नै नदिई सम्पर्कविहीन हुने गरेका थिए। यसका लागि एनआईसी एसियालगायतका बैंकहमा खाता खोली ठगी गर्ने गरेका थिए। यो गिरोहका नाइके निरन्जन प्रसाद आचार्य रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad