ad ad

कारोबार


बनेपामा सीजी डिजिटलको २५ औँ शोरुम खुल्यो

बनेपामा सीजी डिजिटलको २५ औँ शोरुम खुल्यो

नेपालखबर
असोज २९, २०८० सोमबार १८:४१, काठमाडौँ

चौधरी ग्रुप अन्तर्गतको नयाँ तथा भब्य मल्टि ब्रान्ड शोरुम सीजी डिजिटलको २५औँ शाखा बनेपामा खोलिएको छ।

बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य र सीजी इलेक्ट्रोनिक्सका उपाध्यक्ष एससी साबुको उपस्थितिमा शोरुमको उद्घाटन गरिएको हो।

सीजी डिजिटल शोरुममा विभिन्न विश्व उत्कृष्ट ब्रान्डहरु एलजी, सीजी, टिसिएल, गोद्रेज, सेन्साई, माईडिया, बेको, ब्ल्याक+डेकर, केन्ट, एलिका र क्रम्टन लगायतका विभिन्न घरायसी विद्युतीय सामग्रीहरु जस्तै एलईडी टीभी, वासिङ मेसिन, फ्रिज, माईक्रोवेभ ओभन, भ्याकुम क्लिनर, डिसवासर, एर प्युरिफायर, म्युजिक सिस्टम  लगायत अन्य थुप्रै स्मार्ट डोमेस्टिक अप्लाएंसेस तथा स्मार्ट होम अप्लाएंसेसहरु रहने छन्।

बनेपाकोे स्थानीय बजारमा आफ्ना सामानहरुको प्रदर्शन, बिक्री वितरण तथा अन्तर्राष्ट्रिय स्तरको ग्राहकसेवा, विद्युतीय सामग्रीहरुका उपयोग विधि तथा विस्तृत जानकारी प्रदान गराउने उद्देश्यसहित यो शारुम सञ्चालन गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार दक्ष तथा अनुभवी बिक्री प्रतिनिधिबाट त्यहाँ भएका विद्युतीय सामग्रीहरूको पूर्ण जानकारी पनि लिन सकिने छ। यो शोरुम हप्ताको सातै दिन बिहान १०ः०० देखि बेलुका ७ः३० बजेसम्म खुल्ला रहने छ। ग्राहकवर्गका लागि अन्य थप जानकारी चाहिएमा फोन नम्बर ०११–६६५६७९, ६६५६८८ हरुमा सम्पर्क गर्न सकिने जानकारी पनि गराइएको छ।

बनेपाकोे बुडोलमा  खोलिएको यस  सीजी डिजिटल शोरुममा ओपनिङ्गको अवसरमा ४० प्रतिशत सम्म  छुट, ० प्रतिशत किस्ताबन्दी, फ्री गिफ्टका साथै एक्सचेन्ज अफरको पनि सुविधा रहेको छ। साथै प्रोडक्ट लाइभ डेमो, कुकिङ क्लास, र प्रिभेन्टिभ मेन्टिनेन्स सर्भिस (पीएमसी) को पनि व्यवस्था गरिएको छ।

चौधरी ग्रुपले काठमाडौँ लगायत काठमाडौँ बाहिर इटहरी, हेटौडा, भरतपुर, विराटनगर  र  पोखरामा पनि सीजी डिजिटल  शोरुम सञ्चालन गरिसकेको छ। यो सँगै बनेपामा खोलिएको यस सीजी डिजिटल शोरुम अब २५ औँ शाखा रहने छ र आगामी दिनमा अझै धेरै शाखाहरु देशका विभिन्न शहरमा बिस्तार गरिने पनि जानकारी गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .