ad ad

कारोबार


हुन्डाई कोना : ४ वर्षमा एक हजार भन्दा बढी बिक्री

हुन्डाई कोना : ४ वर्षमा एक हजार भन्दा बढी बिक्री

नेपालखबर
असोज २८, २०८० आइतबार १८:१३, काठमाडौँ

विद्युतीय गाडी हुन्डाई कोना चार वर्षको अवधिमा नेपालमा एक हजार भन्दा बढी युनिट बिक्री भएको कम्पनीले जनाएको छ।

आफ्नो पृथक पहिचानसहित उपस्थिति जनाउँदै आइरहेको इलेक्ट्रिक भर्सनको एसयूभीमा सम्भवतः पहिलो गाडी हुन्डाई कोना हो। सन् २०१९ देखि नेपाली बजारमा बिक्री सुरु भएको हुन्डाई कोना हालसम्म १००० भन्दा बढी बिक्री भएको कम्पनीको भनाई छ।

कम्पनीका अनुसार २०१९ मा भारतबाट सुरु गरिएको ‘इमिशन इम्पोसिबल’ नामक मिशन अन्तर्गत कोना इलेक्ट्रिकले विश्वको सबैभन्दा अप्ठ्यारो भू–भागमा पर्फरमेन्स गर्दा कुनै सम्झौता नगरी ७०० किलोटिटरको यात्रा १७००० फिटको उचाई र १२ डिग्रीको कठोर तापक्रम पार गर्दै सगरमाथाको आधार शिविरसम्म पुगेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउन सफल भएको थियो।

यस अभियानमा कोना इलेक्ट्रिकले न्यून तापक्रम, निरन्तर हिमपात र बरफिलो परिस्थिति जस्तो कठोर मौसमी अवस्थामा उच्च प्रदर्शन गरेको कम्पनीले उल्लेख गरेको छ।
कम्पनीका अनुसार नेपालमा सन् २०१९ मा पहिलो चोटि लन्च गरिएको कोना अहिले फेसलिफ्ट भर्सनमा उपलब्ध छ।

आफ्नो आकर्षक बनोट, उत्कृष्ट परफर्मेन्स, भरपर्दो रेन्ज दिने ब्याट्री र रिसेल भ्यालुले गर्दा कोना नेपालकै अग्रणी विद्युतीय गाडीको रूपमा स्थापित भएको छ। ५ वर्षसम्म बजारमा रहनु र धेरैको पहिलो रोजाइ बन्नुले यो एउटा सफल र सिद्ध विद्युतीय गाडी बन्न सफल भएको छ।

नेपालमा हुन्डाईका गाडी लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री वितरण गर्दै आइरहेको छ। कम्पनीले विद्युतीय गाडीलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ।

डिसेम्बर १२ देखि १६, २०२२ मा ‘बि (भी) द चेन्ज’ अभियान अन्तर्गत र अक्टोबर ६ देखि ८ गते सञ्चालन गरिएको ‘हुन्डाई  फेस्टिभ कार्निवल’ मा  हुन्डाईले हाई भोल्टेज ब्याट्री चेकअप क्याम्प आयोजना गरेको थियो। जसमा २०० भन्दा बढी सवारीधनी को ईभी मा परीक्षण गरिएको नतिजा अनुसार ४ वर्षसम्म चलाइएका कोनाका ब्याट्रिको शक्ति (एसओसी) ९५ प्रतिशत भन्दा बढी पाइएको थियो।

सोही चेकअप क्याम्पमा सहभागी सिम्रिक एयरका पाइलट विमल श्रेष्ठले आफूले कोना रोज्नुको मुख्य कारण यसको विद्युतीय क्षमता, हुन्डाई ब्रान्ड प्रतिको विश्वास, ब्याट्रिको क्षमता र आकर्षक बनावट रहेको बताए। आफ्नो गाडीको ब्याट्रिको क्षमतामा सोचेभन्दा कम ह्रास आएकोमा खुसी जनाउँदै आफू कोनासँग सन्तुष्ट रहेको बताए। आफ्नो विभिन्न यात्राखण्डमा कोना निकै भरपर्दो साबित रहेको समेत उनले बताए।

विश्वव्यापीरूपमा निकै रुचाइएको कोना नेपाली बजारमा पनि धेरै रुचाइएको विद्युतीय गाडी हो। हुन्डाई कोनाले नेपालमा विद्युतीय गाडीप्रतिको सोच, क्षमता, यसको उपयोगितालाई नयाँ परिभाषा मात्र दिएको छैन, यसले स्थापना गरेको विद्युतीयगाडीप्रतिको विश्वास, आफ्नो सर्वाधिक रि–सेल भ्यालुबाट दोस्रो बजारमा समेत आफ्नो पहिचान मजबुत बनाएको छ।

‘विश्वसनीयताप्रतिको प्रतिबध्दता हुण्डाईको आधारशिला हो र कोना इलेक्ट्रिक एउटा उदहारण हो जसले यो कुरालाई परिभाषित गर्दछ’ कम्पनीले भनेको छ, ‘यिनै कारणहरुले हुन्डाई कोनाले नेपाली अटोबजारमा आफ्नो साखलाई अझै मजबूत बनाउनुका साथै स्वच्छ वातावरण र पर्यावरणमैत्री साधन खोज्ने ग्राहकहरुको पहिलो रोजाइ बन्न सफल रहेको छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .