कारोबार


मधेशबाट २३ हजार लिटर दूध खरिद गरेर काठमडौंमा वितरण

मधेशबाट २३ हजार लिटर दूध खरिद गरेर काठमडौंमा वितरण

फाइल तस्बिर


नेपालखबर
असोज २६, २०८० शुक्रबार १३:३२, काठमाडौँ

हेटौँडा दुग्ध वितरण आयोजनाले तराई मधेशबाट अहिले दैनिक २३ हजार लिटर दूध संकलन गर्दै आएको छ। 

सङ्कलितमध्ये आवश्यकता अनुसार काठमाडौँ, विराटनगर र चितवनमा दैनिक १६ हजार पाँच सय लिटर धुलो दूध उत्पादनका लागि पठाउने गरिएको आयोजना कार्यालयले जनाएको छ। 

संकलितमध्ये वीरगन्ज, चितवनको नारायणगढ र हेटौँडाको स्थानीय उपभोक्तालाई करिब छ हजार पाँच सय लिटर दूध सुपथ मूल्यमा बिक्री वितरण गर्दै आएको आयोजनाका प्रमुख नवीनकिशोर शर्माले बताए। 

अहिले मधेस प्रदेशको बारा, सर्लाही, रौतहट र पर्सा तथा बागमतीको मकवानपुरका गरी दुई सय दूध उत्पादन सहकारी संस्थाबाट २३ हजार लिटर दूध खरिद गर्ने गरिएको उनले जानकारी दिए।

तराईका चार र मकवानपुरका गरी नौ हजार तीन सय ७५ कृषकबाट दैनिक दूध खरिद गरेबापत मासिकरूपमा रू तीन करोड उपलब्ध गराउँदै आएको प्रमुख शर्माले जानकारी दिए। 

उनका अनुसार यहाँबाट उत्पादित पेडा र लालमोन दैनिक एक सय ६० कार्टुन काठमाडौँका उपभोक्ताको मागबमोजिम पठाउने गरिएको छ । आयोजनाले दैनिक पासराइट गरेको दूध चार हजार लिटर, दही सात सय लिटर, घिउ सात सय लिटर र पनिर एक सय ४० केजी उत्पादन गर्दै आएको छ।

सुक्खा मौसमको समयमा तराईबाट दैनिक आठदेखि नौ हजार लिटरसम्म दूध खरिद गर्न सकिने शर्माको भनाइ थियो। 

आयोजनाले आफ्नो लगानीमा सर्लाही, रौतहट र बारामा छ वटा किसान केन्द्र सञ्चालनमा ल्याएको आयोजनाका सूचना अधिकारी कृष्णबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार आयोजनामा प्रशासन व्यवस्थापन र मजदुर गरी एक सय १० जनाले प्रत्यक्ष रोजगारीले पाएका छन्।

‘तराईमा अहिले दूधको उत्पादन वृद्धि भइरहेकाले यसअघि भारतको पटनाबाट काठमाडौँका उपभोक्तालाई दूध आपूर्ति गर्ने गरिएको थियो’, आयोजना प्रमुख शर्माले भने, ‘केही महिनादेखि त्यो बन्द गरिएको छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad