ad ad

कारोबार


नेपाली लिन काठमाडौँबाट उडेको जहाज कति बेला पुग्छ इजरायल?

नेपाली लिन काठमाडौँबाट उडेको जहाज कति बेला पुग्छ इजरायल?

नेपालखबर
असोज २५, २०८० बिहिबार १३:२८, काठमाडौँ

युद्धका कारण इजरायलमा अलपत्र नेपाली लिन काठमाडौँबाट गएको नेपाल एयरलाइन्सको जहाज स्थानीय समयाअनुसार त्यहाँ बिहान ११ बजेर १० मिनेट जाँदा अवतरण गर्ने तालिका छ। अहिले त्यहाँ बिहानको साढे १० बजेको छ। 

यो खबर लेखिरहँदा काठमाडौँस्थित त्रिभुवन विमानस्थलबाट बिहीबार साढे ३ बजे उडेको ए ३३० विमान दुबई विमानस्थलमा अवतरण गरी स्थानीय समयानुसार बिहान १० बजेर ४६ मिनेट जाँदा त्यहाँबाट इजरायलका लागि उडेको छ। 

परराष्ट्रमन्त्रीका प्रमुख स्वकीय सचिव दीपक जोशीका अुनसार अब विमान इजरायलमा स्थानीय समयाअनुसार बिहान ११ बजेर १० मिनेट जाँदा अवतरण गर्नेछ। जहाज त्यहाँ दुई घण्टा बस्नेछ। त्यसपछि २५० नेपाली लिएर जहाज स्थानीय समयाअनुसार दिउँसो १ बजेर १० मिनेट जाँदा फेरि दुबईका लागि उड्नेछ। त्यसपछि उक्त जहाज दुबईबाट काठमाडौँमा राति ९ बजे अवतरण गर्ने बताइएको छ। 

नेपालीको उद्धार गर्न परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली इजरायल गएको छ।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .