ad ad

कारोबार


असोज २९ गतेदेखि नयाँ नोट साट्न पाइने, एक जनालाई कति दिन्छ बैंकले?

असोज २९ गतेदेखि नयाँ नोट साट्न पाइने, एक जनालाई कति दिन्छ बैंकले?

नेपालखबर
असोज २१, २०८० आइतबार १७:३०, काठमाडौँ

चाडबाड लक्षित नयाँ नोट वितरण यही असोज २९ गतेबाट हुने भएको छ। नेपाल राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै असोज २९ गतेबाट नयाँ नोट सटही सुरु गर्ने जनाएको छ।

राष्ट्र बैंकले आफ्नो मातहतका बैंकका तोकिएका शाखा र आफ्ना कार्यालयहरुबाट नयाँ नोट सटही गर्ने बताएको छ।

विगतमा जस्तै राष्ट्र बैंकले एक जनालाई १८ हजार ५०० रुपैयाँसम्म सटही उपलब्ध गराउने भएको छ। पाँच रुपैयाँ, १०, २०, ५० र सय रुपैयाँ दरको एक/एक गड्डी नोट सर्वसाधारणले साट्न पाउने छन्।  

राष्ट्र बैंक र वाणिज्य बैंकहरुबाट समेत नयाँ नोट वितरण हुने छ। वाणिज्य बैंकले नयाँ नोट वितरण गर्ने शाखा तोक्ने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .