ad ad

कारोबार


धितोपत्र बोर्डबारे सांसद ढकालको कटाक्ष : सपार्ने काममा ‘ढिलोपत्र’, बिगार्ने काममा ‘छिटोपत्र’

धितोपत्र बोर्डबारे सांसद ढकालको कटाक्ष : सपार्ने काममा ‘ढिलोपत्र’, बिगार्ने काममा ‘छिटोपत्र’

फाइल तस्बिर


नेपालखबर
असोज १६, २०८० मंगलबार १७:४४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद हरि ढकालले धितोपत्र बोर्ड नचाहिने ठाउँमा बाठो भइरहेको बताएका छन्।

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा आफ्ना भनाइ राख्ने क्रममा उनले धितो पत्र बोर्डले गर्नुपर्ने काम भने फिटिक्कै नगरेको आरोप लगाएका छन्। 

‘गलत नियुक्तिको सिकार भएको धितोपत्र बोर्ड बेकामे भएको छ। त्यो धितोपत्र बोर्डलाई मैले ढिलोपत्र बोर्ड भन्ने गरेको छु’, उनले भने, ‘तर, कहीँ कहीँ छिटोपत्र बोर्ड भएको छ। जस्तो नगेटिभ नेटवर्थ भएका कम्पनीलाई भटाभट आईपीओ बाँडिरहेको छ। त्यहाँ चाहिँ छिटोपत्र बोर्ड बनेको छ। त्यहाँ जरो छ नि त! केही न केही छ।’

ढकालले अर्थमन्त्री डा. प्रकाशशरण महत निदाइरहेको टिप्पणी गरे। सांसद ढकालले नेपालको पूँजी बजार ध्वस्त भएर लगानीकर्ताले खर्बौँ रकम गुमाइसकेको बताए।

‘एक महिनामा राज्यलाई ३ अर्ब २५ करोड राजस्व तिरेको पूँजी बजार ध्वस्त हुँदा पनि नियामकलाई मतलब छैन। कसले हेर्ने हो यो?’, उनले अगाडि भने। 

ढकालले दूषित मनसाय राखेर नियामक निकायमा गरिएका नियुक्तिले गर्दा अर्थतन्त्र तहसनहस भएको पनि आरोप लगाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .