दशैँका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १५ सय वटा खसी च्यांग्रा काठमाडौँ ल्याउने भएको छ।
कम्पनीले मुस्ताङ, हेटौँडा, तुलसीपुर र नवलपुरबाट खसीबोकासहित च्यांग्रा ल्याउने भएको हो।
दशैँका लागि कम्पनीले मुस्ताङबाट ३ सय वटा च्यांग्रा ल्याउने भएको छ भने नवलपुर,हेटौडा र तुलसीपुरबाट १२ सय वटा खसीबोका ल्याउन लागेको हो।
भीषण वर्षातपछि अवरुद्ध बनेका काठण्डौँ आउने राजमार्गहरु खुलेमा १८ गतेबाटै कम्पनीले खसी÷बोका र च्यांग्रा बिक्री थाल्नेछ।
कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले काठमाडौँ जोडिने राजमार्गहरुमा आवजावत सुरु भए १८ गतेबाटै बिक्री खोलिने बताइन्।
201
Shares
प्रतिक्रिया