ad ad

कारोबार


सीजीनेटद्वारा ‘ह्याट्रिक दक्षिणा’ क्याम्पेन सार्वजनिक

सीजीनेटद्वारा ‘ह्याट्रिक दक्षिणा’ क्याम्पेन सार्वजनिक

नेपालखबर
असोज १२, २०८० शुक्रबार १८:५५, काठमाडौँ

आधुनिक जीवनका लागि आजको डिजिटल यूगमा कनेक्टिभिटी अपरिहार्य भइसकेको छ। यही कुरालाई दृष्टिगत गर्दै नेपालको एक प्रमुख इन्टरनेट सेवा प्रदायक सीजी कम्युनिकेशन्सले सीजी डिजिटल र पेमेन्ट पार्टनर ईसेवासँग सहकार्य गर्दै आफ्नो दशैँ क्याम्पेन ह्याट्रिक दक्षिणा सार्वजनिक गरेको छ।

नजिकिँदो महान चाड दशैँ र क्रिकेट विश्वकपलाई दृष्टिगत गर्दैै ह्याट्रिक दक्षिणा क्याम्पेनले उपभोक्तालाई अतुलनीय फाइदा प्रदान गर्ने लक्ष्य लिएको कम्पनीको भनाई छ। सीजी डिजिटल र सीजीनेट बिचको सहकार्य मार्फत यस योजना अन्तर्गत उपभोक्ताले पहिले कै मूल्यमा तेब्बर गतिको ईन्टरनेट सुविधा प्राप्त गर्न सक्नेछन्।

साथै योजना अन्तर्गत उपलब्ध गरिएका विभिन्न कम्बो छुटको लाभ लिँदै रु. ३२ हजार ८५९ पर्ने ४३ ईञ्चको सीजी स्मार्ट टीभीका साथमा ३ महिनाका लागि सीजीनेट+आईपीटीभीको ८० एमबीपीएस सेवा प्राप्त गर्न सक्नेछन्। यो वास्तविक मूल्यको आधा हो। त्यसैगरी ३२ ईञ्चको सीजी स्मार्ट टीभी २२ हजार ६४४ मा खरिद गर्दा ३ महिनाका लागि सीजीनेट+ आईपीटीभीको ५० एमबीपीएस सुविधा प्राप्त गर्न सक्नेछन्।

सीजी स्मार्ट टीभीका लागि अधिकतम छुट सुविधाका साथै यस अफर अन्तर्गत उपभोक्ताले ५० र ८० एमबीपीएस गतिको ईन्टरनेट सुविधा खरिद गर्दा तेब्बर गतिको ईन्टरनेट सुविधा प्राप्त गर्न सक्नेछन्। साथै उपभोक्ताले ईसेवाका माध्यमबाट सीजीनेटका प्याकेजहरु खरिद गर्दा रु. ५ सय सम्मको क्याशब्याक प्राप्त गर्न सक्नेछन्।

सीजीनेटले भरखरै आफ्ना सेवाहरु पोखरा, विराटनगर, ईटहरी, धरान र वीरगञ्ज लगायत प्रमुख सहरमा बिस्तारित गरेको छ। कम्पनीका सेवा हेटौँडा, बुटवल, भैरहवा, भरतपूर, सिमरा, बर्दघाट, काठमाडौं, ललितपुर र भक्तपुरमा समेत उपलब्ध छ।

उपभोक्ताको उत्साहजनक मागलाई विशेष ध्यानमा राखि सीजीनेटले आफ्ना सेवा प्याकेजहरुमा आईपीटीभी पनि समावेश गर्दै सर्वसाधारणका साथै विजनेसहरुलाई पनि कनेक्टिभिटी ट्रान्सफरमेशनको आफ्नो यस उत्साहजनक यात्रामा समावेश गर्ने प्रयास गरेको जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .