ad ad

ग्लोबल


पाकिस्तानमा एकैदिन दुई स्थानमा आत्मघाती आक्रमण, विस्फोटमा परी ५९ जनाको मृत्यु

पाकिस्तानमा एकैदिन दुई स्थानमा आत्मघाती आक्रमण, विस्फोटमा परी ५९ जनाको मृत्यु

अस्पतालमा घटनाका घाइतेहरू


नेपालखबर
असोज १२, २०८० शुक्रबार १९:११, काठमाडौँ

आज (शुक्रबार) पाकिस्तानका २ अलग–अलग स्थानमा भएका विस्फोटमा परी ५९ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्। 

पहिलो विस्फोट बलुचिस्तानको मस्तुङ सहरमा रहेको मस्जिद नजिक भएको थियो। यो आत्मघाती हमला थियो। समाचार एजेन्सी एएनआईका अनुसार यसमा एक डीएसपीसहित ५५ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्। आक्रमणका बेला इद–ए–मिलाद–उन–नबीको जुलुसका लागि मानिसहरु भेला भइरहेका थिए।

दोस्रो विस्फोट खैबर पख्तुनख्वाको हांगु सहरको मस्जिदमा भएको थियो। यो पनि आत्मघाती हमला थियो। पाकिस्तानी मिडिया ‘न्युज इन्टरनेसनल’का अनुसार यहाँ एक प्रहरी अधिकारीसहित ४ जनाको मृत्यु भएको छ। 

एक प्रहरी अधिकारीले भने– मस्जिदमा नमाज पढिरहेको बेला विस्फोट भएको थियो। यसपछि मस्जिदको छाना खसेको थियो। यहाँ ३०/४० जना भग्नावशेषमा दबिएका छन्। १२ जनाको उद्धार गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .