ad ad

कारोबार


तेस्रो इन्ट्रा कपका विजेता टिमाई स्क्वाडले पाए १५ हजार डलर

तेस्रो इन्ट्रा कपका विजेता टिमाई स्क्वाडले पाए १५ हजार डलर

नेपालखबर
असोज ११, २०८० बिहिबार १३:५४, काठमाडौँ

इन्ट्रा नेसनल वेल्फेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले न्यू योर्कको रोचेस्टरमा सक्कर र भलिबल टूर्नामेन्टको सफलतापूर्वक आयोजना गरेको छ।

सो संस्थाले मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको भब्य सफलता पश्चात, आफ्नो वार्षिक इन्ट्रा कप २०२३ को आयोजना गरेको हो।

हालै सम्पन्न टूर्नामेन्ट बारे इन्ट्रा फाउन्डेसनका अध्यक्ष दिल्ली अधिकारीले भने, ‘खेलकुद टिमवर्क, सहकार्य र टिम स्पिरिट जस्ता महत्वपूर्ण मूल्य मान्यतालाई बढावा दिने एक प्रमुख माध्यम हो। खेलको माध्यमबाट नेपालीहरुलाई एकताको सुत्रमा बाँध्नु र सहकार्यलाई बढावा दिँदै नेपाली भाषाको प्रबद्र्धन समेत कार्यक्रमको उद्देश्य भएको उनले जानकारी दिए ।

तेस्रो ईन्ट्रा कप सक्कर टूर्नामेन्ट २०२३ (पूरुष) तर्फका विजेता टिमाई स्क्वाडले १५ हजार अमेरिकी डलर नगद पुरस्कार हात पारेका छन्। तेस्रो ईन्ट्रा कप सक्कर टूर्नामेन्ट २०२३ (महिला) तर्फका विजेता शाइनिङ स्टार्सले १० हजार अमेरिकी डलर नगद पुरस्कार हात पारेका छन् । तेस्रो ईन्ट्रा कप इन्टरस्टेट सक्कर टूर्नामेन्ट २०२३ (भेटरान)को उपाधि लगातार दोस्रो वर्ष पनि सिन्सी इन्ट्रा एफसीले जितेको छ। सिन्सी ईन्ट्राले यो जित सँगै १० हजार अमेरिकी डलर, नगद पुरस्कार हात पारेका छन्।

तेस्रो ईन्ट्रा कप, भलिबल टूर्नामेन्ट २०२३ (महिला)को उपाधि बेलमोन्टले जितेको छ । तिनले ८ हजार अमेरिकी डलर नगद, हात पारेका छन् । तेस्रो ईन्ट्रा कप, भलिबल टूर्नामेन्ट २०२३ (पूरुष)को उपाधि रुकुम एले जितेको छ । तिनले १० हजार अमेरिकी डलर नगद पुरस्कार हात पारेका छन्।

तेस्रो ईन्ट्रा कपको प्रयोजकहरुमा जोर्शिमाल ज्वेलरी, गोल नेपाल डट कम, हर्से स्पाइस रेस्टूराँ एण्ड बार, ओम गोल्ड हाउस मेलिश ज्वेलर्स, पाथिभरा ज्वलेर्स , अल इन वान युनिट, एवान लेन्डिङ टिम, गौतम ईन्स्योरेन्स एजेन्सी रहेका छान्। त्यसैगरी, तेस्रो ईन्ट्रा कपका सपोर्टर्समा ईन्ट्रा नेशनल फार्मेसी, म्याजिक अफ लभ होमकेयर एलएलसी, स्टार प्लस होम हेल्थ केयर, एलएलसी, होराइजन केयर, जीएचसी, अमेरिकेयर हेल्थ सर्भिसेज आईएनसी, इन्ट्रानेसनल होम केयर, सेरिनिटी होम हेल्थ एजेन्सी, फिरस्ट्याट नर्सिङ सर्भिसेज एलएलसी रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .