कारोबार


पाँचतारे एभरेष्ट होटल सम्मानित, एक वर्षमा भित्र्यायो ५० लाख ४१ हजार अमेरिकी डलर

पाँचतारे एभरेष्ट होटल सम्मानित, एक वर्षमा भित्र्यायो ५० लाख ४१ हजार अमेरिकी डलर

फाइल तस्बिर


नेपालखबर
असोज १०, २०८० बुधबार १४:२७, काठमाडौँ

पाँचतारे एभरेष्ट होटल सबैभन्दा बढी विदशी मुद्रा भित्राएकोमा सम्मानित भएको छ। 

एभरेष्ट होटलले सन् २०२२ अगष्ट १ देखि २०२३ अगष्ट मसान्तसम्ममा ५० लाख ४१ हजार अमेरिकी डलर आर्जन गर्ने होटलको रुपमा सम्मानित भएको हो। 

पर्यटन दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ८ वटा कम्पनीलाई सम्मान गरेको छ। 

कपिलवस्तुमा रहेको लुम्बिनी ग्रीन रिसोर्टले २२ विगाहमा कृषि फार्म र ३ विगाहमा रिसोर्ट सञ्चालनगरी स्थानीय उत्पादनलाई प्रवर्द्ध गर्ने, आफ्नै रिसोर्ट परिसरमा उत्पादित माछा, तरकारी, सागपात, कुखुरापालन गरी एग्रो टुरिजमलाई विकास गरेकोमा सम्मान पाएको छ। 

नवलपरासीको अमलटारी मध्यवर्ति सामुदायिक होमस्टे संस्कृति संरक्षण, पर्या पर्यटन ग्रामिण पर्यटनलाई प्रवर्द्धन गर्न योगदान गरेकोमा सम्मानित भएको छ। 

सरकारले पर्वतारोहण र ट्रेकिङमा सेभेन समिट ट्रेक्सले ४३ लाख २२ हजार विदेशी रकम आर्जन गरेकोमा सम्मानित गरेको छ।

ट्राभल तथा टुर्स कम्पनीमा सीता वर्ल्ड ट्राभल नेपाल ३३ लाख ६१ हजार अमेरिकी डलर आम्दानी गरेकोमा सम्मानित भएको छ। 

साहसिक खेलतर्फ पोखरा अल्ट्रालाइट ४४ हजार ३८८ डलर आम्दानी गरी सम्मानित भएको छ। 

एयरलाइन्स कम्पनीमा नेपाल वायुसेवा निगमले बढी विदेशी मुद्रा आम्दानी गरेकोमा सम्मानित भएको छ। 

पर्वतारोहीमा क्रिसटिन हारिल्ला र लामा तेन्जेन शेर्पा विश्वका ८ हजार मिटरभन्दा अग्गा १४ वटा हिमाल ९२ दिनभित्र आरोहण गरी कीर्तिमान बनाएर सम्मानित भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .