कारोबार


आयात प्रतिबन्धको वर्षभन्दा पनि अहिले घट्यो वैदेशिक व्यापार

आयात प्रतिबन्धको वर्षभन्दा पनि अहिले घट्यो वैदेशिक व्यापार

नेपालखबर
असोज ७, २०८० आइतबार १४:३१, काठमाडौँ

चालु आर्थिक वर्षको २ महिनामा वैदेशिक व्यापार ५.३२ प्रतिशतले घटेको छ। गत आर्थिक वर्ष सरकारले आयात प्रतिबन्ध लगाउँदाको बेलामा भन्दा पनि वैदेशिक व्यापार घटेको हो। 

गत आर्थिक वर्षमा सरकारले बढी रकमको आयात हुने गाडी लगायतका विलासिताका वस्तुमा वैशाखदेखी मंसिरसम्मै प्रतिबन्ध लगाएको थियो।

वैदेशिक मुद्रा सञ्चितिमा चाप परेको भन्दै नगद मार्जिन समेत राखिएको छ। तर पुस यता निर्वाध नगद मार्जिन र आयात प्रतिबन्ध हटाउँदासमेत आयात घटेको छ।

चालु आर्थिक वर्षमा आयात र निर्यात दुवै घटेको भन्सार विभागले जनाएको छ। आयात ५ प्रतिशतले घट्दा निर्यात ७.७९ प्रतिशतले घटेको विभागले जनाएको छ। जबकी आर्थिक वर्ष २०७८/०७८ मा ३ खर्ब १४ अर्ब रुपैयाँको आयात भएको थियो।

गत वर्ष पहिलो २ महिनामा २ खर्ब ७३ अर्ब रुपैयाँको आयात भएकोमा चालु आर्थिक वर्ष २ अर्ब ५९ करोड रुपैयाँको आयात भएको छ।

गत वर्ष २८ अर्ब ६८ करोड रुपैयाँको निर्यात भएकोमा अहिले २६ अर्ब ४४ करोड रुपैयाँको निर्यात भएको विभागले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।

पेट्रोलियम पदार्थसँगै सोयाविन र पायम आयातको कच्चा पदार्थ आयात कम हुँदा आयात निर्यातको तथ्यांक नै परिवर्तन भएको छ।

गत वर्ष सोयाविन, पायम, सनफलावर लगायतको तेल १९ अर्ब ८ करोड रुपैयाँ आयात भएकोमा अहिले उक्त वस्तु ९ अर्ब ४७ करोड रुपैयाँ मात्रै आयात हुँदा वैदेशिक व्यापारको तथ्यांकलाई फेरवदल गरेको छ। 

अघिल्लो वर्ष क्रुड सोयाविन आयल ९ अर्ब १२ करोड रुपैयाँको आयात भएकोमा २ अर्ब ९९ करोड रुपैयाँमा सिमित भएको छ।

गत वर्षक्रुड पायम आयल ७ अर्ब ३२ करोड रुपैयाँको आयात भएकोमा २ अर्ब ६८ करोड रुपैयाँ आयात भयो। सन फलावर क्रुड २ अर्ब १ करोड आयात भएकोमा २ अर्ब ९३ करोड रुपैयाँ आयात भएको छ।

चालु आर्थिक वर्ष डिजेल र पेट्रोलको आयात समेत घटेको छ। गत वर्ष २ महिनामा पेट्रोलियम पदार्थ ५० अर्ब ८ करोड रुपैयाँको आयात भएकोमा अहिले ४४ अर्ब ६३ करोड रुपैयाँको मात्रै आयात भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad