ad ad

कारोबार


सगुन सहकारीको मुनाफा चार करोड २६ लाख

सगुन सहकारीको मुनाफा चार करोड २६ लाख

नेपालखबर
असोज ७, २०८० आइतबार ७:१८, काठमाडौँ

मधेश प्रदेशकै उत्कृष्ट सहकारी संस्थाको रुपमा स्थापित सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७९/०८० को कारोबारबाट चार करोड २६ लाख रुपैयाँ भन्दा धेरै मुनाफा गरेको छ। 

सगुनको शनिबार सम्पन्न २४ औँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष केशव ढकालले यो जानकारी गराएका हुन्। 

‘गएको आर्थिक वर्षमा एक अर्ब ५१ करोड ६४ लाख ३७ हजार ७६ रुपैयाँको कारोबार गरेर संस्थाले चार करोड २६ लाख ६८ हजार २ सय ४४ रुपैयाँ खुद मुनाफा गरेको छ,’ अध्यक्ष ढकालले भने, ‘गत वर्षको मुनाफाबाट शेयर सदस्यलाई ११ दशमलव ३४ प्रतिशत लाभांश वितरण गर्न सफल भएका छौँ।’

कार्यक्रममा सर्लाही-३ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री हरिप्रसाद उप्रेती, प्रदेश सांसद जवाहरलाल कुशवाहा, हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी, उपमेयर हरिमाया घलान, पूर्व प्रदेश सांसद डिल्लीप्रसाद उप्रेती लगायतले मन्तव्य व्यक्त गरेका थिए। 

त्यसक्रममा उनीहरुले मधेश प्रदेशकै उत्कृष्ट र दिगो संस्थाको रुपमा स्थापित सगुनले शेयर सदस्यहरुको आर्थिक जीवनमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरेका थिए। 

साधारण सभाको अवसरमा सगुनले प्रादेशिक रक्त संचार भरतपुरको सहकार्यमा सञ्चालन गरेको रक्तदान कार्यक्रमबाट १०५ प्रिन्ट रगत संकलन भएको संस्थाका व्यवस्थापक रवीन्द्र रानाले जानकारी दिए।

कार्यक्रममा कोषाध्यक्ष विनोद कार्कीले सगुनको वित्तिय अवस्थाको विषयमा जानकारी गराएका थिए। कार्यक्रम अध्यक्ष केशव ढकालको अध्यक्षता र सचिव राजकुमार उप्रेतीको संचालनमा भएको थियो। 

सगुनमा सात हजार १४९ जना महिला, ४ हजार ४ सय ८४ जना पुरुष र १९८ समूह सदस्य गरी ११ हजार ८ सय ३१ जना शेयर सदस्य छन्। 

हरिवनमा प्रधान कार्यालय रहेको सगुनले सर्लाहीको लालबन्दी, बागमती, बरहथवा, ईश्वरपु र हरिपुर नगरपालिकामा सेवा केन्द्र संचालन गर्दै आएको छ। 

सेवाग्राहीलाई एटीएम सुविधा मार्फत् पनि सेवा दिँदै आएको सगुनले सगुन शिक्षा आवासीय विद्यालय पनि सञ्चालन गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .