ad ad

कारोबार


कृष्णहरि पुष्करले सम्हाले अर्थसचिवको जिम्मेवारी

कृष्णहरि पुष्करले सम्हाले अर्थसचिवको जिम्मेवारी

अर्थसचिव कृष्णहरि पुस्करलाई स्वागत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महत। तस्बिरः गोपाल दाहाल


नेपालखबर
असोज ४, २०८० बिहिबार १४:५५, काठमाडौँ

सचिव कृष्णहरि पुस्करलाई अर्थमन्त्रालयमा स्वागत गरिएको छ।

यही भदौ २९ गतेको सरकार निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट उनलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको थियो।

अर्थसचिव अर्जुनप्रसाद पाेखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगिएको थियो। 

पुष्करलाई बिहीबार अर्थमन्त्रालयमा एक कार्यक्रमबीच स्वागत गरिएको हो। उनलाई अर्थमन्त्री डा. प्रकाशशरण महतसहित कर्मचारीहरुले पनि स्वागत गरे।

पुष्करले यसअघि अर्थ मन्त्रालयकाे राजस्व र अर्थ सचिव दुवैकाे भूमिका निर्वाह गरिसकेका छन्। तर उनी प्रशासन पृष्ठभूमिका हुन्।

यसअघि गत माघमा अर्थ मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका उनलाई संघीय मामिला मन्त्रालयमा सरुवा गरिएको थियो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .