ad ad

कारोबार


भाटभटेनीमा भेटियो म्याद सकिएको घ्यू र अन्डा, एक लाख जरिवाना तिराइयो

बिग मार्ट र सेलवेजलाई १०/१० हजार
भाटभटेनीमा भेटियो म्याद सकिएको घ्यू र अन्डा, एक लाख जरिवाना तिराइयो

नेपालखबर
भदौ ३१, २०८० आइतबार १७:२६, काठमाडौँ

म्याद गुज्रेको सामान बित्री वितरण गरेको भन्दै संयुक्त बजार अनुगमन ललितपुरको टोलीले पुल्चोकस्थित भाटभटेनी सुपरमार्केटलाई एक लाख जरिवाना गराएको छ।

आइतबार ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारसहितको टोलीले पाटनको कृष्णगल्लीमा रहेको भाटभटेनी सुपरमार्केट, मानभवनको बिग मार्ट, पुल्चोकको सेलवेज डिपार्टमेन्टमा अनुगमन गरेको थियो।

अनुगमनका क्रममा भाटभटेनीले म्याद सकिएको घ्यू, अण्डा बिक्री गरेको पाइएपछि न्युनतम १ लाख जरिवाना गरिएको सहायक सिडिओ सुनुवारले जानकारी दिए।

भाटभटेनीले बिक्रिमा राखेको म्याद सकिएको घ्यू, अण्डा।

उनका अनुसार बिग मार्टले बिक्री गर्ने हरियो तरकारीमा कम तौल पाइएपछि १० हजार जरिवाना गरिएको छ। यस्तै, सेलवेज डिपार्टमेन्टमा म्याद सकिएको बियर बिक्री गरेको भेटिएपछि १० हजार जरिवाना गरेको उनले बताए।

संयुक्त बजार अनुगमन ललितपुरको टोलीले आइतबारदेखि चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको हो।

हामीले शिक्षा दिने गरी बजार अनुगमन थालेका छौँ, मानिसको स्वास्थ्यसँग खेलवाड गर्ने खाद्यबस्तु विक्रीवितरण नगर्न सचेत गराउँदा पनि पालना नगरेपछि जरिवाना गरिएको हो,’ सहायक सिडिओ सुनुवारले भने।

जिल्लामा तीव्र रुपमा अनुगमन गरिने उनको भनाइ छ।

घरेलु तथा साना उद्योग कार्यालय ललितपुरका निरिक्षक अधिकृत सञ्जय थापाले उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिएर अखाद्य बस्तुको डिस्पोजल गरिएको बताए।

अनुगमन समितिको सदस्य सचिवको काम घरेलु कार्यालय ललितपुरले गर्ने छ।

अनुगमन टोलीले अखाद्य बस्तुलाई डिस्पोजल पनि गराएको छ। ‘हामीले अनुगमनको सबै विवरण तयार पार्छौँ,’ थापाले भने, ‘जिल्ला अनुगमनको नेतृत्व सहायक सिडियो सरले गर्नुहुनेछ, हामी व्यवस्थापनको काम गर्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .