एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत घरेलु भूमिमा भएको फाइनल भिडन्तमा श्रीलंका केबल ५० रनमै अलआउट भएको छ।
पहिले टस जितेर ब्याटिङमा उत्रिएको श्रीलंकालाई भारतले १६ ओभरमै अलआउट गरिदिएर ५० रनमा समेटेको हो।
एसिया कप क्रिकेटको फाइनल भिडन्तमा पहिले ब्याटिङमा जाने निर्णय श्रीलंकाका लागि दुर्भाग्यपूर्ण सावित भएको हो।
भारतविरुद्धको फाइनल भिडन्तमा उसले टी-२० फर्म्याटको भन्दा कम स्कोर गरेको छ।
कोलम्बोको आर प्रेमदासा स्टेडियम भइरहेको खेलमा श्रीलंकाको सुरुवातले उसका समर्थकलाई स्तब्ध बनाएको छ।
उसका दुईजना मात्रै खेलाडीले दोहोरो स्कोर गर्न सके। अब भारतका लागि ५० ओभरमा ५१ रन बनाउनु पर्ने आवश्यक छ।
भारतका लागि बलिङमा शानदार प्रदर्शन गर्दै मोहम्मद सिराजले ६ विकेट लिए। हार्दिक पान्ड्याले पनि ३ विकेट झारे। अर्को १ विकेट जसप्रीत बुमराहको नाममा रह्यो।
यो स्कोर भारतविरुद्ध कुनै पनि टिमले वान डेतर्फ बनाएको सबैभन्दा सानो हो। यसअघि वान डेमा भारतविरुद्ध सबैभन्दा कम स्कोरको कीर्तिमान बंगलादेशको नाममा थियो।
बंगलादेशको टिमले सन् २०१४ मा ५८ रनमा आउट हुँदा उक्त रेकर्ड बनेको थियो। वान डे क्रिकेटमै सबैभन्दा कम स्कोरको रेकर्ड जिम्बाब्वेको नाममा छ। जिम्बाब्वेको टिम सन् २००४ मा श्रीलंकाविरुद्ध ३५ रनमा आउट भएको थियो।
श्रीलंका कुनै ब्याटरले २० बनाएनन्
भारतीय तीव्र गतिका बलरसामु श्रीलंकाका कुनै पनि ब्याटर टिक्न सकेनन्। टोलीका कुनै पनि खेलाडीले २० रन नघाएनन्। कुशल मेन्डिसले सबैभन्दा धेरै १७ रनको पारी खेले। जबकि दुशन हेमन्थले १३ रन बनाए।
Shares
प्रतिक्रिया