ad ad

कारोबार


चोकोफनको नयाँ विज्ञापन अभियान

चोकोफनको नयाँ विज्ञापन अभियान

नेपालखबर
भदौ ३१, २०८० आइतबार १५:४६, काठमाडौँ

कन्फेक्सनरी कम्पनी सुजल फूड्स प्रालिले आफ्नो उत्कृष्ट उत्पादन चोकोफनको नयाँ विज्ञापन अभियान सुरु गरेको छ।

‘वन्ली चोकोफन’ भन्ने सज्देश बोकेको यस विज्ञापन अभियानलाई आकर्षक ढंगले अधिराज्यभर विभिन्न माध्यम मार्फत प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार चोकोफन देशकै पहिलो र ओर्जिनल चकलेट वेफर हो र यसको मिठो स्वाद हरेक बालबालिकाहरुको मनमनमा बसेको छ।

बिगत दुई दशक भन्दा बढी समदेखि आफना हरेक ग्राहक वर्गमा मिठास छर्दै आएको कम्पनीको दाबी छ।

यस विज्ञापन अभियान मार्फत बालबालिकाहरुको हरेक रमाइला पलहरुलाई ‘वन्ली चोकोफन’ को साथले मात्र पूर्णता मिल्दछ भन्ने सन्देश दिइएको छ।

बालबालिकाहरुको विभिन्न रमाइला पलहरुमा चोकोफनको साथले थप खुशी र आनन्द प्राप्त हुन्छ र यसरी उनीहरुको रामाइलो र खुशीको अभिन्न अंगको रुपमा ‘वन्ली चोकोफन’ छ भन्ने अभिप्राय बोकेको यस विज्ञापन अभियानको प्रवर्द्धन टेलिभिजन, रेडियो, डिजिटल मीडिया तथा सामाजिक सञ्जाल मार्फत प्रवाह गरिएको छ।

कम्पनीका अनुसार बालबालिकाहरुले यस विज्ञापनलाई आफ्नो वास्तविक बाल्यकालसँग चित्रण गर्ने छन्। उनीहरुको दैनिकी जीवनमा हुने विभिन्न मिठा पलहरुलाई नै समेटेर ‘वन्ली चोकोफन’को टेलिभिजन विज्ञापनमा देखाइएको छ, जुन बालबालिकाहरुको हरेक रमाइला पलहरुलाई चोकोफनको मिठासले पूर्ण तुल्याउँदछ।

विज्ञापनमा बालबालिकाहरु एक अर्कासँग रमाइलो गरिरहेको, चोकोफनको उत्कृष्ट स्वादमा मग्न भएको साथै ‘वन्ली चोकोफन’ नै उनीहरुको सफलताको मिठास बनेको पनि प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।

बिगत चार दशकदेखि उत्कृष्ट कन्फेक्सनरी उत्पादन गर्दै आएको आईएसओ २२०००ः२०१८ सर्टिफिकेट कम्पनी सुजल फूड्स प्रा लि को लोकप्रिय उत्पादन हो चोकोफन। अत्याधुनिक मेसिनरी र उच्च स्वास्थ्यकर बातावरणमा सावधानिका साथ चोकोफनको उत्पादन गरिन्छ। ‘क्रिस्पि र क्रन्चि’ वाफेरमा उत्कृष्ट चकलेट क्रीमले ढाकिएको चोकोफन गुणस्तरीय हुनुको साथै अत्यन्तै स्वादिष्ट रहेको कम्पनीको दाबी छ।

यस विज्ञापनले सम्पूर्ण ग्राहक, उपभोक्ताको मन जित्न सफल हुनुको साथै सम्पूर्ण बालबालिकाहरुको जीवनमा चोकोफन अभिन्न अंगक रुपमा स्थापित हुने र उनीहरुको चोकोफनप्रतिको माया र प्रेम निरन्तर रहिरहने कुरामा कम्पनी विश्वस्त छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .