ad ad

कारोबार


नाडा अटो शो : गाडी बिक्रेताका अनेक अफर, कसले के दिँदैछन्?

नाडा अटो शो : गाडी बिक्रेताका अनेक अफर, कसले के दिँदैछन्?

नाडा अटो शोमा राखिएका गाडी। तस्बिर : सरोज बैजु


वसन्त अर्याल
भदौ २८, २०८० बिहिबार १८:५७, काठमाडौँ

नाडा अटो शोमा चार्डपर्वलाई लक्षित गर्दै गाडी बिक्रेता कम्पनीहरूले आकर्षक अफर ल्याएका छन्। भृकुटीमण्डपमा मंगलबारदेखि चलिरहेको अटो शोमा ग्राहकलाई लक्षित गर्दा दसैं तिहारसम्मको अफर सार्वजनिक गरेका हुन्। 

भदौ ३१ गतेसम्म चल्ने अटो शोमा अवलोकनकर्ताले विद्युतीय साधनमा धेरैले चासो राखेका छन्। अटो व्यवसायीसँगै बैंकहरूलेसमेत विद्युतीय गाडी खरिद गर्दा सस्तो ब्याजदरमै कर्जा उपलब्ध गराएका छन्। 

आर्थिक मन्दीबीच भइरहेको नाडा अटो शोले समग्र अर्थतन्त्र चलायमान गराउन सहयोग पुर्‍याउने गरी अवलोकनकर्ता आइरहेको नाडाले जनाएको छ।

नाडा अटो शो चलिरहेका बेला सीजी मोटोकर्पले पर्वोत्सव अफर ल्याएको छ।

कम्पनीले सुजुकीका गाडीको खरिदमा १ लाख रुपैयाँसम्म छुट दिने भएको छ। पुरानासँग सुजुकीको नयाँ गाडी खरिद गर्दा १ लाख बोनस र १ वर्षको निःशुल्क इन्स्योरेन्स हुने कम्पनीले जनाएको छ। 

नाडा अटो शो स्पेशल अफर १ लाख रुपैयाँसम्मको छ। सुजुकीका नयाँ मोडलका रुपमा जिम्नी, फ्रोनेक्स ग्रान्ड भिटरा मोडल प्रर्दशनीमा राखिएको छ। 

हुन्डाइले बम्पर प्राइजको रुपमा नयाँ एक्सटर गाडी राखेको छ। नाडा अटो शोमा सार्वजनिक गरिएको एक्सटर एक जना ग्राहकलाई दिइने छ।

गाडी खरिद गर्नेमा ६ लाख रुपैयाँसम्म नगद छुट छ। जसमा स्क्र्याच कार्डबाट १ लाख रुपैयाँसम्म दिइने बताइएको छ। यसका साथै एक वर्षको इन्स्योरेन्स र सडक दस्तुर रहेको छ। 

निशानले फेस्टिभ ड्राइभ अफर ल्याएको छ। म्याग्नाइटको अटोमेटिक भेरियन्ट सार्वजनिक गरेको कम्पनीले नाडामा बुकिङ गर्नेलाई विशेष छुट दिएको छ।

चार्डपर्वबीचमा निशानका गाडी खरिद गरे १३ लाख ७५ हजार रुपैयाँसम्म फाइदा लिनसक्ने जनाएको छ। कम्पनीले नगद छुट ८ लाखसम्म, १ वर्षको निशुल्क इन्स्योरेन्स, १ वर्षको सडक दस्तुर निःशुल्क गरेको छ। 

ग्रेटवाल मोटर्सले दसैं र तिहारसम्मलाई ७ लाख रुपैयाँसम्म जित्ने अफर सार्वजनिक गरेको छ। 

विद्युतीय गाडी ओरा ३ किन्दा ७ किलोवाटको चार्जर निःशुल्क दिने जनाएको छ। गाडी खरिदमा आकर्षक नगद छुट, एक्स्चेञ्ज बोनस र १ वर्षको इन्स्योरेन्स रहने ग्रेटवाल मोटर्सले उल्लेख गरेको छ।

एमजीले फेस्टिभ भाइभ्स अफर ल्याएको छ। प्यारामाउन्ट मोटर्सले २ लाख रुपैयाँसम्म फाइदा हुने उल्लेख गरेको छ। एमजीका जेटएसको खरिदमा निशुल्क स्पेयर टायर, ७ किलोवाटको एसी चार्जर, १ वर्षको सडक दस्तुर रहेको छ।  

सांग्रिला मोटर्स आधिकारिक विक्रेता रहेको सिट्रोनले नाडामा २० हजार नगद छुट दिइएको छ। 

दुईपांग्रेमा कस्ता छन् अफर?
यामाहाले ‘फेस्टिभ सेलिब्रेसन’को अफर सार्वजनिक गर्दै राइडिङ ज्याकेट दैनिक उपलब्ध गराउने जनाएको छ। त्यस्तै, हरेक हप्ता आइफोन १४ नयाँ खरिदकर्तालाई वितरण गरिने कम्पनीले जानकारी गराएको छ। 

त्यस्तै, एक महिनाका लागि जापान ट्राभल प्यकेज पनि यसमा राखिएको छ।

एमएडब्लु इन्टरप्राइजेजले ८ हजारदेखि १ लाख रुपैयाँसम्म पाउने सम्भावना रहेको जनाएको छ। स्कुटरमा ६ हजारदेखि १ लाख रुपैयाँ  छ। जसमा फाइनान्स सुविधा पनि दिइएको छ।

यामाहाले एफजेटएस भी–३ को डिलक्स मोडल सार्वजनिक गरेको छ। जसमा नयाँ ब्याकलाइट डिजाइनमा रहेको मोटरसाइकल स्टाइलिस देखिन्छ।

एफआई भी–३ ह्यान्डलिङ र मस्कुल डिजाइनका लागि परिचित छ। मोटरसाइकलको मूल्य ४ लाख ५ हजार रुपैयाँ तोकिएको छ। 

बजाज नेपालले २५ गुणसम्म पक्का नगद उपहार पाउने अफर ल्याएको छ। ग्राहकले कम्तीमा १० हजार पक्का नगद छुट पाउने बजाजको अफरमा उल्लेख छ। मंसिर २४ गतेसमम अफर लागु हुने कम्पनीले जनाएको छ।

त्यस्तै, जगदम्बा मोर्टसको आधिकारिक बिक्रेता रहेको टीभीएसले हरेक मोडलमा उमंग नारासहित विभिन्न अफर सार्वजनिक गरेको छ। कम्पनीले टीभीएस नेपालको वेबसाइटमा गएर १ लाख जित्ने अफर पनि ल्याएको छ।

यो अफरमा सवारी खरिद नगरे पनि जित्न सकिन्छ। 

उता सवारी खरिद गर्दा ५ लाखसम्म जित्ने मौका छ। लक्की ड्रमार्फत हरेक महिना सत प्रतिशत क्यास ब्याक पनि दिइएको छ। टीभीएसका मोटरसाइकल र स्कुटर खरिदमा १० लाखसम्मको बम्पर उपहार राखिएको छ।

पुरानो दुईपांग्रे ल्याएर नयाँ लैजानेका लागि १० हजार बढी भ्यालुएड गरिन्छ। शून्य प्रतिशत ब्याजदरमा २५ प्रतिशत डाउनपेमेन्ट अफर छ। टीभीएसले नाडा अटो शोमा विद्युतीय स्कुटरसमेत सार्वजनिक गरेको छ। 

होन्डाले नाडा अटो शोमा क्लिक एन्ड विन अफर ल्याएको छ। ४ हजार रुपैयाँको क्यास कुपन र १३ हजार रुपैयाँ पर्ने हेल्मेट उपहार दिने कम्पनीले जनाएको छ। 

होन्डाले अल न्यु होन्डा डियो १२५ र होन्डा डियो बीएस६ बुकिङ गरिरहेको छ। डियोको मूल्य ३ लाख रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .