ad ad

कारोबार


१२ कक्षा पास गर्ने बित्तिकै विदेश जाने पद्धती रोक्नुपर्छ : अर्थमन्त्री महत

१२ कक्षा पास गर्ने बित्तिकै विदेश जाने पद्धती रोक्नुपर्छ : अर्थमन्त्री महत

नेपालखबर
भदौ २७, २०८० बुधबार २०:३२, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले १२ कक्षा पास गर्ने बित्तिकै विदेश जाने पद्धती रोक्नुपर्ने आवश्यकता देखिएको बताएका छन्।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन्। उनले पछिल्लो समय १२ कक्षा पास गर्न नपाउँदै विदेश जाने पद्धतीको विकास भएको भन्दै सरकारले रोक्ने अभियान चालउन आवश्यक रहेको बताए।

अर्थमन्त्री महतले विदेशमा गएपछि सबै समस्या हल हुनेगरी शैक्षिक परामर्श केन्द्रहरुले प्रचार गरेको बताए। उनले आफू पनि विदेशमा बसेर आएको हुनाले विदेशमा भनेको जस्तो सहज अवस्था नभएको उल्लेख गरे।

अर्थमन्त्री महतले नेपालमा नै धेरै श्रमशक्तिहरुको आवश्यकता रहेको भएपनि विदेश जाने पद्धतीले समस्या निम्त्याएको दाबी गरे। उनले सरकाले नेपालको शिक्षा प्रणालीलाई सुधार गर्न आवश्यक रहेको बताए।

उनले नेपालमा नम्बरका आधारमा धेरै विश्व विद्यालयहरु खोल्ने डिन र भिषी बन्ने तर विद्यार्थीको शिक्षामा गुणस्तर वृद्धि नगर्ने अवस्था रहेको भन्दै अब सरकारले लगानी गरेर शिक्षा प्रणाली सुधार गर्ने बताए।

उनले सरकारसँग स्रोत कम भएकोले पर्याप्त बजेट व्यवस्थापन गर्नसके आगामी दिनमा शिक्षा क्षेत्रमा सुधार आउने विश्वास रहेको उल्लेख गरे। उनले देशको आर्थिक स्रोत कम रहेको तर आवश्यकताहरु धेरै रहेको उल्लेख गर्दै सबै मागहरुलाई सरकारले एकै पटक पूरा गर्नसक्ने जिकिर गरे।

उनले भने, ‘१२ कक्षा पास गर्ने वितिकै विदेशमा जाने ट्रेनलाई रोक्न अभियान थाल्नुपर्छ।  नेपालको शिक्षा प्रणालीलाई सुधार गर्नुपर्छ भन्ने पक्षमा सरकार पनि रहेको छ। नम्बरका आधारमा धेरै विश्व विद्यालयहरु खोल्ने डिन र भिषी हुने तर विद्यार्थीको शिक्षामा गुणस्तर वृद्धि गर्न सरकारले लगानी गर्नुपर्छ। सरकारसँग स्रोत कम भएकोले प्रर्याप्त बजेट व्यवस्थापन गर्न सकेको छै्रनौँ। आगामी दिनमा शिक्षा क्षेत्रमा सुधार आउँछ। यो विषयमा सरकार गम्भिर छ।’

उनले सरकार र प्रतिपक्षमा हुने सबैले एकतावद्ध भएर देश विकासको लागि प्राथमिकताका आधारमा लगानी गर्न आवश्यक रहेको बताए। उनले वैदेशिक लगानी मुलुकको हीतको लागि भए÷नभएको हेरेर मात्रै लिने नीति लिन आवश्यक रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .