ad ad

कारोबार


हुन्डाई एक्स्टर सार्वजनिक, चाँडै बुकिङ खुल्ला हुने

हुन्डाई एक्स्टर सार्वजनिक, चाँडै बुकिङ खुल्ला हुने

नेपालखबर
भदौ २७, २०८० बुधबार १४:४९, काठमाडौँ

नेपालको लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले भृकुटीमण्डपमा सञ्चालन भइरहेको नाडा अटो शो २०२३ मा सार्वजनिक भएको एसएक्स भेरियन्टको हुन्डाई एक्स्टर एसयूभी चाँडै नै अरु भेरियन्ट सहित बिक्री वितरण सुरु गर्ने भएको छ।

नाडा अटो शो मा अर्थमन्त्री प्रकाश शरण महतले हिजो सो गाडी अनावरण गरेका थिए।

हुन्डाई एक्सटर ५ सिटर कम्प्याक्ट एसयूभी हो जुन कम्पनीको मोडेल लाइनअपमा पहिलो एसयूभी रहनेछ। कम्पनी ले ई, एस, एसएक्स, एसएक्स (ओ) गरी चार भेरियन्टमा हुन्डाई एक्सटर ल्याउने जनाएको छ।

हुन्डाई एक्सटरमा आकर्षक ड्यासबोर्ड, उत्कृष्ट तरिकाले दिइएको एसी भेन्ट, इन्फोटेन्मेन्ट स्कृन, डोर ट्रिम लेआउट, क्लाइमेट कन्ट्रोल नब, थ्री स्पोक स्टेरिङ ह्वील र डिजिटल इन्ट्रुमेन्ट क्लष्टर पाउन सकिन्छ।

हुन्डाई एक्सटरमा क्रुज कन्ट्रोल, ६ वटा एयरब्याग, इलेक्ट्रीक शनरुफ, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर एसी भेन्ट, पुस स्टार्ट बटन, किलेस इन्ट्री जस्ता फिचरहरु दिएर फुल्ली लोडेड एसयूभी बनाएको छ।

बक्सी डिजाइनमा रहेको एक्सटरमा १।२ लिटर नेचेरल्ली एस्पीरेटेड इन्जिन, अलोय ह्वील, फ्यूचरिष्टीक डिजाइन, एच आकारमा आकर्षक डीआरएलएस दिइएको छ।

१८५ एमएम ग्राउन्ड क्लेयरेन्स र १९.२ किलोमिटर प्रतिलिटर माइलेज पाउन सकिन्छ। कम्पनीले यसलाई ६ कलर अप्सनमा ल्याउने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .