ad ad

कारोबार


मुगु केन्द्रीय विद्युत् प्रशारण लाइनमा जोडियो

मुगु केन्द्रीय विद्युत् प्रशारण लाइनमा जोडियो

नेपालखबर
भदौ २५, २०८० सोमबार २१:४४, मुगु

हिमाली जिल्ला मुगु केन्द्रीय प्रशारण लाइनमा जोडिएको छ। नेपाल विद्युत् प्राधिकरणको कालिकोट जुम्ला ३३ केभी प्रशारण लाइनको कालिकोटको नाग्म भन्ने स्थानमा ट्रयापिङ गरी मुगुसम्म ११ केभी विद्युत् लाइन जोडिएको हो।

कालिकोटको नाग्मदेखि मुगु जिल्ला सदरमुकाम गमगढीसम्म ८५ किलोमिटर विद्युत् लाइन तानिएको छ। प्राधिकरणले आइतबारदेखि सदरमुकामलगायत आसपासका बस्तीमा विद्युत् लाइन दिन सुरु गरेको छ।

यसअघि विद्युत् प्राधिकरणले गमगाढ साना जलविद्युत् आयोजना सम्पन्न गरेर चार सय किलोवाट विद्युत् उत्पादन गरी विद्युत् सेवा दिँदै आएको थियो।
 

विद्युत् प्राधिकरणका तीन हजार पाँच सय ग्राहक रहेका मुगुमा केन्द्रीय लाइन पुगेसँगै विद्युत् नपुगेका बस्ती र पालिकामा विद्युत् विस्तार गर्दै लगिने गमगाढ वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताए।

‘गत वर्ष असोजमा आएको बाढीले गमगाढ वितरण केन्द्रको पावर हाउसलगायत एक हजार एक सय मिटरमध्ये सात सय मिटर नहरमा क्षति पुर्‍याउँदा विद्युत् सेवा अवरुद्ध हुँदै आएको थियो। प्राधिकरणले ग्राहकलाई विद्युत् सेवा दिन डिजेलबाट चल्ने जेनेरेटर प्रयोग गरेको थियो। बाढीले क्षति पुर्‍याएको विद्युत् गृह र नहरको मर्मत गरे पनि विद्युत् सेवा नियमित हुन सकेको थिएन,’ उनले भने।

अब मुगु जिल्ला केन्द्रीय विद्युत् लाइनमा जोडिएकाले संरचना र लाइनमा ठूलै समस्या आएबाहेक विद्युत् आपूर्तिमा समस्या नआउने पनि गमगाढ वितरण केन्द्रका प्रमुख ऐडीले विश्वास दिलाए। 

मुगु पुगेको ११ केभिएको विद्युत् लाइनलाई भरपर्दो र गुणस्तरीय बनाउन ११ केभिएलाई ३३ केभिए सबस्टेसनमा र ११ केभिए लाइनलाई ३३ केभीमा स्तरोन्नति गर्ने कार्य भइरहेको विद्युत् प्राधिकरणले जानएको छ।

मुगु जिल्लामा राष्ट्रिय प्रशारण लाइन पुगेसँगै ७७ जिल्लामध्ये ७६ जिल्लामा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय ग्रिडको विद्युत् पुगेको छ। अब राष्ट्रिय लाइन पुग्न हुम्ला जिल्ला मात्र बाँकी रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .