ad ad

कारोबार


औषधि व्यवसायी संघको अध्यक्षमा खण्डेवाल निर्वाचित

औषधि व्यवसायी संघको अध्यक्षमा खण्डेवाल निर्वाचित

नेपालखबर
भदौ २४, २०८० आइतबार १९:५१, काठमाडौँ

नेपाल औषधि व्यवसायी संघको अध्यक्षमा प्रकाशकुमार खण्डेवाल निर्वाचित भएका छन्।

संघको नयाँ नेतृत्वका लागि वीरगञ्जमा भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वीलाई १७ मतान्तरले पराजित गर्दै अध्यक्षमा खण्डेवाल निर्वाचित भएका हुन्। निर्वाचनको मतपरिणामअनुसार खण्डेवालले एक सय चार मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी लोकहरि श्रेष्ठले ८७ मत प्राप्त गरे।

यस्तै संघको उपाध्यक्षमा रामप्रसाद खरेल, आयाततर्फको उपाध्यक्षमा रामचन्द्र शर्मा, संघको थोकतर्फको उपाध्यक्षमा टंकप्रसाद अधिकारी र खुद्रातर्फको उपाध्यक्षमा यामनाथ पौडेल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

संघको महासचिवमा श्रीधर खनाल, कोषाध्यक्षमा सम्राटमान जोशी, सचिवमा कृष्णबहादुर रोकाय निर्वाचित भएका छन्।

संघको सदस्यमा बद्री खनाल, भुवनेश्वर बुढामगर, गेहेन्द्रप्रसाद मिश्र, कञ्चन शर्मा खतिवडा, सरलाकुमारी बिष्ट, मुकुन्दकृष्ण श्रेष्ठ र अविनाशकुमार पाण्डे निर्वाचित भइका छन्।

संघको १४औँ अधिवेशनको गत शुक्रबार एक कार्यक्रमका बीच उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गरे। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .