युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड, सञ्चालक समितिको अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। उनी कम्पनीको संस्थापक सेयरधनी एन.ई गु्रप प्रालिका अध्यक्ष समेत रहेका छन्।
बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिकाबमोजिम बिहीबार अध्यक्ष श्रेष्ठले बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईबाट शपथ लिई पदभार ग्रहण गरेको कम्पनीले जनाएको छ।
अध्यक्ष श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सहायक मन्त्री र नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेतको जिम्मेवारी सफलतापूर्वक वहन गरिसक्नु भएको छ। देशको अर्थतन्त्रप्रति गहिरो रूचि राख्ने अध्यक्ष श्रेष्ठ नेपालको निजी क्षेत्रको प्रतिविम्ब मानिन्छन्।
अध्यक्ष श्रेष्ठले युनाइटेड इन्स्योरेन्स कम्पनीलाई नयाँ उचाइमा पुर्याउन आफु प्रतिवद्ध रहेको बताएका छन्। कुशल व्यवस्थपकीय क्षमताका कारण समाजमा ख्याति कमाएका श्रेष्ठले सञ्चालक समिति र सम्पूर्ण सेयरधनीहरूबीच सुमधुर सम्वन्ध विस्तार गरि युनाइटेड इन्स्योरेन्सलाई देशकै उत्कृष्ट बीमा कम्पनीका रूपमा स्थापित गर्ने कम्पनीको विश्वास छ।
साथै, अध्यक्ष श्रेष्ठले कम्पनीलाई पूर्ण व्यावसायिक रूपमा अगाडि बढाउन आफु प्रतिवद्ध रहेको बताउँदै यसका लागि नियामक निकाय, सेयरधनी, विमित एवं शुभेच्छुकहरूबाट पूर्ण साथ र सहयोग प्राप्त हुने विश्वास पनि व्यक्त गरेका छन्।
Shares

प्रतिक्रिया