कारोबार


गैरआवासीय नेपालीले सेयर र ऋणपत्रमा लगानी गर्न पाउने

गैरआवासीय नेपालीले सेयर र ऋणपत्रमा लगानी गर्न पाउने

नेपालखबर
भदौ २०, २०८० बुधबार १८:१३, काठमाडौँ

गैरआवासीय नेपालीले सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानी भएको कम्पनीमा डलरमा लगानी गर्न पाउने भएका छन्।

नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्कासन (सातौं संशोधन) नियमावली २०८० संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।

संशोधित नियमावलीमा ‘नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा प्राचलित कानुनबमोजिम संस्थापना भएको इन्भेस्टमेन्ट कम्पनीले विदेशी नागरिकता वा कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र प्राप्त गैरआवासीय नेपालीका लागि मात्र नेपाल राष्ट्र बैंकको स्वीकृति लिई पूर्वाधारसम्बन्धी परियोजनामा सेयर, बन्ड र डिबेन्चरमा लगानी गर्न पाउने र विदेशी मुद्रामा समेत भुक्तानी हुने गरी नियमानुसार धितोपत्र निष्कासन गर्न पाउने र विदेशी मुद्रामा सेयर, बन्ड वा डिबेन्चरमा लगानी गर्ने गरी निष्कासन गरिएको धितोपत्रको कारोबार विदेशी नागरिकता प्राप्त वा कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र प्राप्त गैरआवासीय नेपालीबीच मात्र हुनेछ’ भन्ने उल्लेख छ।

धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी अन्य व्यवस्था निर्देशिकामा तोकिएअनुसार हुनेछ। नियमावलीमा भएको व्यवस्था कार्यान्वयन गर्न बोर्डले नियमावली बनाउँदा नेपाल राष्ट्र बैंकको सहमति लिनुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad