ad ad

कारोबार


हिमालयले चीनमा गन्तव्य थपेपछि राजदूत यान्छीले भनिन् : हवाई नेटवर्क मजबुत बन्दैछ

हिमालयले चीनमा गन्तव्य थपेपछि राजदूत यान्छीले भनिन् : हवाई नेटवर्क मजबुत बन्दैछ

नेपालखबर
माघ ९, २०७६ बिहिबार ७:४२,

हिमालय एयरलाइन्सले चीनको मुख्य सहरमा उडान थप गर्ने क्रममा बिहीबारदेखि चोङकिङ सहरमा उडान सुरु गरेको छ।

नेपाल र चीनको संयुक्त लगानीमा सञ्चालित हवाइ सेवा कम्पनी हिमालय एयरलाइन्सले योसँगै चीनका प्रमुख पाँच ठाउँमा उडान गरेको सुरु गरेको हो।

कम्पनीले बेइजिङ र चोङकिङ बाहेक गोयाङ, चाङ्सा, सेन्जेनमा उडान गर्दै आएको छ। हिमालयले आगामी जुलाइदेखि चीनको ल्हासा उडान गर्ने योजनासमेत सार्वजनिक गरेको छ।

काडमाडौ– चोङकिङ सिधा उडानले नेपालमा धेरैभन्दा धेरै चिनियाँ पर्यटक ल्याउन सहयोग पुग्ने नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बताइन्। ‘काठमाडौँ–चोङकिङ सिधा उडानले नेपाल र चीनबीच हवाई नेटवर्क मजबुत भएको छ। यसले दुवै देशका नागरिकलाई जोड्न मद्दत पुग्छ’, उनले भनिन्।

संस्कृति पर्यटन तथा नगरिक उड्डयान मन्त्री योगेशकुमार भट्टराईले हिमालयको नयाँ गन्तव्यले भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने विश्वास गरेका छन्।

त्यस्तै चिनियाँ यात्रुहरुलाई सहयोग हुने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि चिनियाँ भाषाको डिजिटल विज्ञापन समेत सुरु गरिएको छ। उक्त उडान र डिजिटल विज्ञापन सेवाको सुरुवात संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टर्राले उद्घाटन गरेका हुन्। उनले चिनियाँ भाषाको विज्ञापन सेवा चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको समन्वयमा चिनियाँ भाषाका स्वयमंसेवीहरुले पनि गरिरहेको जनाकारी दिए।

हिमालय एयरलाइन्सले भने गोन्जाओ ,चाङसा, नाङचाङ सहरमा पनि उडानको तयारी गरिरहेको छ। गोन्जाओ उडान आगमी मार्चदेखि गर्ने घोषणा गरिसकेको छ।

हिमालयले चीनमा उडान गर्दा चीन सरकारले भ्याट लिने गरेको भन्दै त्यसमा भ्याट छुट गराइदिन पनि माग गरिरहेको छ। नेपालमा जारी हुने कुनै पनि विदेशी एयर टिकेटमा नेपाल सरकारले भ्याट नलिने गरेको आधारमा चीनले पनि भ्याट नलिने वातावरण मिलाइदिनका लागि समन्वय गरिदिन सरकारसँग कम्पनीले माग गरिरहेको छ। पर्यटन मन्त्रालयले त्यसका लागि पहल गर्ने निर्याय गरिसकको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .