ad ad

कारोबार


प्रधानमन्त्रीको दाबी : अर्थतन्त्र लयमा आइसक्यो, सबै सूचक सकारात्मक छन्

प्रधानमन्त्रीको दाबी : अर्थतन्त्र लयमा आइसक्यो, सबै सूचक सकारात्मक छन्

प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्ड। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
भदौ १२, २०८० मंगलबार १२:३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र लयमा फर्किएर चलायमान भइसकेको दाबी गरेका छन्। 

प्रतिनिधिसभाको मंगलबार बसेको प्रश्नोत्तर सेसनका क्रममा सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो दाबी गरेका हुन्। 

प्रधानमन्त्रीले नेपाल रााष्ट्र बैंकको प्रतिवेदन उद्धृत गर्दै अर्थतन्त्रका सूचकांकहरु सकारात्मक दिशामा देखिएको जिकिर गरे। 

उनले यही असार मसान्तसम्म शोधनान्तर स्थिति २ सय ९० अर्ब ५२ करोड रुपैयाँको बचतमा रहेको उल्लेख गरे।

उनले रेमिट्यान्स भित्रिने क्रममा पनि गत वर्षभन्दा २१ दशमलव २ प्रतिशतले वृद्धि भई १२ सय २० अर्ब ५६ करोड पुगेको बताए। 

सरकारले सुशासनलाई केन्द्रमा राखेर देश र जनताको हितमा लागिरहेकाले यो सम्भव भएको उनले बताए। भ्रष्टाचारको नियन्त्रणमा सरकार लागेकोकाले  सबैतिर आशाको सञ्चार भएको उनको भनाइ थियो।

उनले जग्गाको कित्ताकाट पूरै खुलाउने निर्णय भएकाले अर्थतन्त्रलाई अझै यसले चलायमान बनाउँदै लैजाने पनि दाबी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .