ad ad

कारोबार


सुजुकीद्वारा नेपालमा जिम्नीको डेलिभरी सुरु

सुजुकीद्वारा नेपालमा जिम्नीको डेलिभरी सुरु

नेपालखबर
भदौ ११, २०८० सोमबार १४:३३, काठमाडौँ

नेपालका लागि सुजुकी ब्रान्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सीजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्प तथा सीजी एनएक्सटीजेनले एसयूभी जिम्नी ‘द अल्टिमेट अफ रोदर’ को डेलिभरी नेपाल अधिराज्यभरीका शोरुमहरुबाट सुरु गरेको छ।

जिम्नी नेपालको सबैभन्दा प्रतिक्षित गाडी मध्ये एक हो। ट्रु अफ–रोड एसयूभी जिम्नीले ५० वर्ष भन्दा बढीको विरासत बोकेको छ।

सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो जुन हेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ र यसमा पर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ। यो एसयूभी एक समर्पित उन्नत ४डब्लुडी प्रणाली, अल ग्रिप प्रोसँग आउँदछ भने ब्रेक लिमिटेड स्लिप डिफरेन्सियल र ३लिंक रिगिड एक्सल सस्पेन्सन जस्ता अफ–रोड सुविधाहरू समावेश गरिएको छ।

अफ–रोड बाटोको लागि उत्तम हुने गरी डिजाइन र निर्मित, जिम्नीमा २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू समावेश गरिएको छ।

कम्पनीका अनुसार ५–ढोके सुजुकी जिम्नीको भारतमा निकै राम्रो माग रहेको छ, जसको कारण यसको वेटिंग पिरेड पनि निकै लामो छ। यो नेपाली ड्राइभिङ कन्डिसनको लागि सबैभन्दा उपयुक्त एसयूभी भएकोले नेपालमा छिटो उपलब्ध गराउन विशेष अनुरोध गरेको कम्पनीले जनाएको छ। जसको नतिजा भारतमा भन्दा कम वेटिङ पिरेडमा पहिलो ब्याच डेलिभर भएको छ।

‘हामी विश्वस्त छौं कि नेपाली ग्राहकहरूले नयाँ जिम्नीसँग नयाँ अनुभवहरू सिर्जना गर्नेछन्’ कम्पनीले भनेको छ, ‘त्यस अनुभवलाई अभिवृद्धि गर्न कम्पनीले विभिन्न जिम्नी–केन्द्रित गतिविधिहरु पनि निकट भविष्यमा लन्च गर्नेछ।’

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .