सरकारी, अर्धसरकारी तथा बहुराष्ट्रिय संस्थाहरुसँग बहुवर्षीय ठेक्का सम्झौताको कर्जा नवीकरण गर्दा भिन्नता विश्लेषण गरि कर्जा सीमा नघट्ने भएको छ।
सम्बन्धित कार्य सम्पादन गर्न गरिएको निर्माण व्यवसायसँग सम्बन्धित ठेक्का सम्झौता अन्तर्गतका बहुवर्षीय परियोजनाका लागि प्रवाहित कर्जाको हकमा मात्रै उक्त परियोजना अवधिभर कर्जा नवीकरण तथा पुनरावलोकन गर्दा सीमा नघटाउने भएको हो।
नेपाल राष्ट्र बैंकले चालस पुँजी कर्जासम्बनधी मार्गदर्शन २०७९ सम्बन्धमा आज थप सूचना जारी गरेको छ। यो व्यवस्था थप गरेको हो।
जसअनुसार भिन्नता विश्लेषण गरी कर्जा सीमा घटाउन अनिवार्य नहुने उल्लेख गरिएको छ।
तर बैंक तथा वित्तीय संस्थाले ऋणीको चालु पुँजी कर्जा बक्यौता आफ्नो चालु पूँजी कर्जा नीतिबमोजिमको नेट ट्रेडिङ सम्पत्ति ( एनटीए) को निश्चित प्रतिशतभन्दा बढी नहुने गरी एकिन सूचनामा उल्लेख गरिएको छ।
Shares
प्रतिक्रिया