ad ad

कारोबार


‘रुस्लान स्टुडियो’ बाट प्रस्तुत हुँदैछन् नेपालभरका ५० बढी कलाकार

‘रुस्लान स्टुडियो’ बाट प्रस्तुत हुँदैछन् नेपालभरका ५० बढी कलाकार

नेपालखबर
भदौ ७, २०८० बिहिबार २१:८, काठमाडौँ

नेपालको प्रख्यात ब्रान्ड, रुस्लानले बुधबार (२३ अगष्ट) एक कार्यक्रम गर्दै रुस्लान स्टुडियोको सुरुवात गरेको छ।  

रुस्लान स्टुडियो एउटा यस्तो मञ्च हो जसले लाइभ स्टुडियो रेकर्ड सेटिङ संगीतका विभिन्न विधाहरु प्रस्तुत गर्नेछ। सो संगीतहरुको प्रसारण रुस्लान स्टुडियोको युटुब पेजबाट हुनेछ।   

कार्यक्रमा नेपालभरका ५० भन्दा बढी लोकप्रिय कलाकार र संगीतकारहरूको प्रस्तुति हुनेछ। रुस्लान स्टुडियोको मुख्य उद्देश्य यस अघि नसुनेका धुनका केही लोकप्रिय ट्रयाकहरुमा परिक्षण गरी कलाकार र संगीतकारहरूलाई आफ्नो सांगीतिक फ्युजन र गतिशिलता प्रस्तुत गर्नु हो, जसबाट २५ भन्दा बढी ट्रयाकहरु नयाँ शैलिमा रमाउन सकिने छ।

रुस्लान स्टुडियोमा शुशान्त केसी, द एक्स ब्यान्ड, स्वप्न सुमन, मिस्टर डी, त्रिशला गुरुङ, सुनिल पण्डित, कुटुम्ब, एकदेव लिम्बु, समिर श्रेष्ठ, झुमा लिम्बु, द एलिमेंट्स, महेश काफ्ले, अनिल सिंह, इमर्ज ब्यान्ड, व्योमा, फोसील, मनिष गन्धर्ब, दिवस गुरुङ, आकाश खड्का, कमल खत्री, आनन्द कार्की, राजा राजेन्द, केंजल मेहर श्रेष्ठ, ए एस एम हरुको प्रस्तुति हुनेछ।  

‘रुस्लान र संगीतको सम्बन्ध धेरै अघिदेखि परिचित रहदै आएको छ र यसै मार्फत हामीले रुस्लान एफएममा समय परिषद् नयाँ धुनहरु पेश गर्दै आएका पनि छौँ। आगामी दिनमा रुस्लान र संगीतको सम्बन्धलाई अझ दरिलो बनाउने उदेस्यका साथ नै हामीले रुस्लान स्टुडयोको शुरुवात गरेको हो। हालको यो परियोजनामा हामीले नेपाली कलाकारहरुको बहुमुखी प्रतिभा संगीतको मार्फत पेस गर्दै छौँ र सो कलालाई डिजिटल प्लेटफर्म मार्फत एकीकृत गर्ने लक्ष्य राखेका छौँ,’ जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ब्रान्ड म्यानेजर श्रय कृष्ण श्रेष्ठले भने।  

रुस्लानले आफ्नो ग्राहकवर्गको खुशीयाली, उत्सव, जमघट तथा रमझमको क्षणलाई उत्सवमय बनाउन साथ दिँदै आएको र रुस्लान स्टुडियोले ब्रान्ड र ग्राहकको सम्बन्ध अझ अटुट बनाउने पनि श्रेष्ठले बताए।

रुस्लान स्टुडियोको पहिलो एपिसोडमा शुशान्त केसीको प्रस्तुति रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .