ad ad

कारोबार


बुद्ध एयरले शनिबारदेखि राजविराज उडान भर्ने

बुद्ध एयरले शनिबारदेखि राजविराज उडान भर्ने

नेपालखबर
माघ ८, २०७६ बुधबार ६:५८,

बुध्द एयरले शनिबारदेखि सप्तरीको राजविराजमा पनि उडान भर्ने भएको छ।

 बुद्धले शनिबार बिहान ११ बजेर २५ मिनेटमा काठमाडौँबाट राजविराज र मध्यान्ह १२ बजे राजविराजबाट काठमाडौँ दुईतर्फी उडान भर्न लागेको कम्पनीले जनाएको छ। सो उडान अवधि ३५ मिनेटको हुने बताइएको छ।

 राजविराज उडानले सिरहा, सप्तरी, सुनसरी र उदयपुरका यात्रुहरुलाई सेवा पुग्ने विश्वास कम्पनीले लिएको छ।

 दैनिक उडानले पर्यटन पर्वद्धनका साथै भिजिट नेपाल २०२० लाई पनि टेवा पुग्ने र पर्यटकको आउजाउसँगै स्थानीय स्तरमा रोजगारीको साथै आर्थिक वृद्धि हुने समेत कम्पनीले जनाएको छ।

 राजविराज धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण शहर हो। यहाँबाट छिन्नमस्ता, बराहक्षेत्र, कोशीटप्पु, सलहेश गहवरका साथै अन्य थुप्रै पर्यटकीय गन्तव्यसम्म सजिलै पुग्न सकिन्छ।

राजविराज उडानले सिमापारीका सहरसा, सुपौल, निर्मली, बीरपुर, राघोपुर, पिपरा, मधेपुरा, प्रतापगञ्ज, झन्झारपुर, सकरी, घोघडीया, लौकहालाई पनि सजिलैसँग जोड्न सकिने र सो उडानबाट दुबै देशका पर्यटकलाई फाइदा पुग्ने विश्वास लिइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .